६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

म्यान्चेस्टर युनाइटेडको संघर्षपूर्ण जित, चेल्सीले फुलहमलाई हरायो



अ+ अ-

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत म्यान्चेस्टर युनाइटेड विजयी भएको छ ।

गएराति भएको खेलमा युनाइटेडले बर्नलेविरुद्ध ३–२ को संघर्षपूर्ण जित निकालेको हो । घरेलु मैदान वल्र्ड ट्राफोर्डमा खेलको २७ औं मिनेटमा युनाइटेडले अग्रता लियो । बर्नलेका जोश कुलेनले आत्मघाती गोल गरेपछि युनाइटेडले अग्रता बनाएको हो ।

५५ औं मिनेटमा लिल फोस्टरले गोल गर्दै बर्नलेलाई बराबरीमा ल्याए । त्यसको दुई मिनेटमा नै युनाइटेडले पुनः अग्रता लियो । ब्रायन एम्बेउमोले गोल गर्दै युनाइटेडलाई २–१ ले अघि बढाए । यता, ६६ औं मिनेटमा जेडोन एन्थोनीले गोल गर्दै बर्नलेलाई २–२ को स्थितीमा ल्याए ।

खेल बराबरीमै सकिने अवस्थामा थियो । तर, अन्तिम समयमा युनाइटेडले पेनाल्टी पायो । ब्रुनो फर्नान्डेजले त्यसको सदुपयोग गर्दै युनाइटेडलाई जित दिलाए ।

शनिबार नै भएको अर्को खेलमा चेल्सीले फुलहमलाई २–० गोलले हरायो । घरेलु मैदान स्टामफोर्ड ब्रिजमा टोलिलाई जित दिलाउन खेलको पहिलो हाफको इन्जुरी समयमा जोआओ पेड्रोेले तथा ५६ औं मिनेटमा एन्जो फर्नान्डेजले (पेनाल्टी) गोल गरे ।

जितसँगै चेल्सीले तीन खेलबाट ७ अंक जोड्दै अंकतालिकाको शीर्षस्थानमा पुगेको छ । फुलहम २ अंकका साथ १६ औं स्थानमा छ ।