१९ माघ २०८१, शनिबार
,
Latest
प्रदेश सरकारले माग गरेका कानुन चाँडै बन्नेछन्ः सभामुख घिमिरे अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता: डडेल्धुराको विजयी सुरुआत बागमती शारीरिक सुगठनमा श्रेष्ठ निर्विरोध ‘राज्यबाट अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने सम्भावना छैन’ सोलुखुम्बुमा आगलागी र हावाहुरीकले २९ संरचनामा क्षति निजगढ अन्तरराष्ट्रिय विमानस्थल तत्काल बनाउनुपर्नेमा जोड पाँडे, शाह र बाउसेलाई ‘वानीरा पुरस्कार’ मगर र गुरुङ भाषालाई सरकारी कामकाजमा ल्याउन सुझाव सङ्कलन महाकुम्भबाट फर्किरहेको गाडी दुर्घटना हुँदा ५ नेपालीको मृत्यु, ४ घाइते युएई पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

गुटको अन्त्य गर्ने भन्दै सभापतिमा उठेका शेखरले नै सुरु गरे गुटभेला



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन सकिएको महिना दिन पनि पुगेको छैन । मङ्सिर २४ देखि सुरु भएको महाधिवेशनको सम्पूणर् प्रक्रिया सकिएको दुई हप्ता पनि पुगेको छैन । त्यतिमात्र नभएर जिल्ला अधिवेशन गर्न बाँकी रहेका १६जिल्लाको अधिवेशन माघ १५ गते हुने तय भएको छ । उता प्रदेश नं २ को महाधिवेशन पनि दुई हप्ताअघि मात्र सकिएको छ । 

तर यहाँ एउटा रमाइलो कुरा के छ भने पार्टीभित्र गुटको राजनीति मौलाएको भन्दै त्यसको अन्त्य गर्ने भनेर पार्टी सभापतिमा उम्मेदबार दिएका नेता शेखर कोइरालाले नै आफ्नो गुटको भेला बोलाएका छन् । उनले मंगलबारमात्र आफू पक्षीय नेताहरूको बैठक आह्वान गरे र राजधानीमा हिजो साँझ सो बैठक सम्पन्न भएको छ । 

महाधिवेशनको ठीक अघि हुने गरेकै प्रकृतिको गुट भेला हिजो राजधानीमा शेखर पक्षले आह्वान गरेको छ । सो भेलमा शेखरको पक्षका नेताहरु थिए र त्यहाँ गगन थापा समेत थिए । 

यहाँ रमाइलो कुरा त यो छकि शेखरमात्र होइन गगन थापा र विश्वप्रकाश शर्माले पनि अब पार्टीमा गुटको अन्त्य हुनुपर्छ भन्दै आएका छन् । महामन्त्री थापाले पार्टीको गुट महाधिवेशन अघि थियो तर अब महाधिवेशन सकिएपछि त्यस्तो गुट भन्ने बाँकी पनि छैन र गर्नुपनि हुदैन भनेर सार्वजनिक भाषण गरेका थिए । 

चार दिनमात्र अघि पनि विश्वप्रकाश शर्माले पार्टीमा गुट भन्ने विषय पास्ट टेन्स भइसकेको बताएका थिए । तर महाधिवेशन सकिएको महिना दिन पनि नपुग्दै अहिले भने स्वयं गुटका विरुद्धमा पार्टी सभापतिको उम्मेदवार दिएका शेखरले नै गुटको भेला बोलाएर आफ्नै प्रतिबद्धता महिना दिन पनि टिकाउन नसकेको बताइएको छ । 

हिजो सो भेलालाई गुटभेलाको संज्ञा नदिने भनिए पनि अर्जुननरसिंह केसीले नै बैठकपछि शेखर पक्षीय नेताहरुको बैठक बसेको बताएका छन् । उनले सो भेलामा शेखर कोइरालालाई दिइएको पार्टीको बरियताका विषयमा पनि कुरा उठाइएको बताएका छन् ।  

पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न र १४ औं महाधिवेशनको समीक्षा गर्न भन्दै कोइरालाले हिजो आफू पक्षीय नेताहरुको बैठक बोलाएका हुन् । कोइराला निकट नेता बलबहादुर केसीले दिउँसो २ बजदेखि साँझसम्म सो बैठक बसेको पुष्टि गरे । 

तर पार्टीमा सभापति शेरबहादुर देउवाले नै गुट चलाएका भनेर विगतमा भन्ने गरेका शेखरले नै पार्टीको महाधिवेशन सकिएको महिना दिन नपुग्दै यसरी आफू निकटकाको भेला बोलाएपछि देउवा पक्षका नेताहरुले यसको विरोध गरेका छन् । 

तर सो भेलमा उपस्थित शेखर पक्षकै एक नेताले पनि यसरी महाधिवेशन सकिएको महिना दिनमै हामीहरुले अलग्गै बस्न नहुने बताएका समाचार स्रोतले बतायो । 

हिजो मंगलबार सभापति देउवाले पार्टीलाई एक ढिक्का बनाएर लैजान सुनसरी जिल्लामा पुगेर कांग्रेसका सबै नेता तथा कार्यकर्तालाई आह्वान गरिरहँदा यता शेखरले भने आफैले गुटको भेला बोलाएर के सन्देश दिन खोजेका हुन् भन्ने बारेमा अहिले पार्टीभित्र पनि चर्चा सुरु भएको छ ।