२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

जंगलबाट बस्तीमा पस्यो चितुवा, ५ जनालाई आक्रमण गरेपछि स्थानीयले मारे



अ+ अ-

काठमाडौं । लकडाउनका कारण केहि दिन अघि किर्तिपुर नगरपालीका स्थित त्रिभुबन बिश्वबिद्यालय परिसरमाका दिउसै चितुवा देखिएपछि नगरपालीकाले सुचना जारी गरी सर्तकता अपनाउन  सार्बजनिक सुचना नै जारी गर्यो । 

बुधबार चन्द्रागिरी नगरपालीका वडा नं ५ र ६ को सीमान बालागाउमा एउटा चितुवा प्रबेश गरी स्थानीय बासिन्दालाई आक्रमण गरेपछि स्थानीय बासिन्दाले लाठी, ढुङ्गा प्रहरी गरी चितुवा मारेमा छन् । 

दिउसो बस्तिमा चितुवा देखिएपछि धपाउने क्रममा ५ जनालाई आक्रमण गरेपछि स्थानीय बासिन्दा त्रसित भएका थिए । प्रहरी र स्थानीय जनप्रतिनिधीले सदरखोर चिडियाखानामा खबर गरेपछि चितुवालाई नियन्त्रणमा लिने टोली घटनास्थल पुग्नु भन्दा अघि नै चितुवालाई मारेका थिए ।