२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

चिनियाँ दूतावासद्वारा १० हजार थान पिपिइ सहयाेग



अ+ अ-

काठमाडाैंः नेपालस्थित चिनियाँ राजदूतावास र चिनियाँ विदेश मन्त्रालयकाे एसियाली मामिला विभागले नेपाल सरकारलाइ काेराेनाभाइरसकाे उपचार र अन्य कार्यमा संलग्न हुने व्यक्तिहरूलाइ अत्यावश्यक ठानिएका व्यक्तिगत सुरक्षा सामग्री हस्तान्तरण गरेकाे छ । 

चिनियाँ दूतावासका अनुसार नेपाल सरकारलाइ हस्तान्तरण गरिएका सामग्रीहरूमा १० हजार थान एन९५ मास्क, ३ लाख ३८ हजार थान डिस्पाेजेबल मास्क र ९ हजार थान पिपिइ र गगल्स रहेका छन् ।

यी सामग्री नेपालकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाइ बुधबार हस्तान्तरण गरिएकाे थियाे । दूतावासले यी सामग्रीले काेराेना महामारी विरूद्ध लड्न नेपाल सरकारलाइ सहयाेग पुग्ने विश्वास व्यक्त गरेकाे छ ।