२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

थाइल्याण्डको फुकेटमा नेपालीद्वारा खाद्यान्न सहयोग



अ+ अ-

काठमाडौं । नेपालीहरु मनका धनी हुन्छन भन्ने कुरा थाइल्याण्डमा बस्ने नेपाली समाजसेवीले प्रष्ट पारेका छन् । उनीहरु स्वदेशमा मात्रै नभई विदेशमा पनि कसैलाई परेको दुःख र पीडा टुलुटुलु हेरेर बस्न सक्दैनन भन्ने कुरा पुष्टि गरेका छन । विश्वव्यापी महामारी कोरोना भाईरस कोभिड—१९ का कारण समस्यामा परेका थाइल्याण्डको फुकेटका विपन्न परिवारलाई नेपालीहरुले राहत स्वरुप खाद्यान्नको जोहो गरिदिएपछि नेपालीहरुको जयजयकार गरिएको छ ।

श्री भगवत धाम सनातन मन्दीर फाउण्डेशन तथा थाई नेपाली समाज फुकेट थाइल्याण्डको संयुक्त आयोजनामा ती दुवै संस्थाका पदाधिकारीहरुले कोभिड १९का कारण खाद्यान्न समस्यामा परेका फुकेटवासीहरुलाई विहीबार खाद्यान्न वितरण गरेको हो ।

ती दुवै संस्था श्री भगवत धाम सनातन मन्दीर फाउण्डेशन तथा थाई नेपाली समाज फुकेट, थाइल्याण्डका संस्थापक अध्यक्ष डैङ्ग लिम्बुसहित ती दुवै संस्थाका पदाधिकारीहरुले करीव १८ लाख नेपाली रुपैयाँ बराबरको खाद्यान्न सहयोग गरेको लिम्बुका नेपाली मित्र वरिष्ठ फोटो पत्रकार न्हुच्छेमान डंगोलले बताएका छन् ।