२९ भाद्र २०८३, सोमबार
,
Latest
आँखा उपचारमा सञ्जाल विस्तार गर्दै भरतपुर आँखा अस्पताल एसियन प्रोफेसनल एचिभमेन्ट अवार्डमा विभिन्न क्षेत्रका व्यक्तित्व सम्मानित बाढीपीडित बालबालिकाको संरक्षणका लागि सरकारले ल्यायो ‘स्याहार योजना नर्बेले राष्ट्रिय सभा किन खारेज गर्यो ? इण्डोनेसियामा यात्रुवाहक पानीजहाज दुर्घटना, ६ जनाको मृत्यु, १३० जना बेपत्ता फलाखु खोलामा फड्के तथा स्याफ्रुबेँसीस्थित भोटेकोशी नदीमाथि तुइन निर्माण १४औँ महाधिवेशनको समितिका सबैलाई केन्द्रीय सदस्य बनाउने कांग्रेसको निर्णय प्रदेशका सरकारी भवनको बीमा गरिँदै भोटेकोशी बाढीले खोसेको खुसीः तीजको सङ्घारमा रित्तिएका काख र सुनसान आँगन आज हरितालिका तीज, पशुपतिनाथमा भक्तजनको घुइँचो (फोटो फिचर)
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा सांसदलाई प्रधानमन्त्री ओलीको लिखित निर्देशन : संसदमा एकता देखियोस्



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संसदहरुलाई बैठकमा एकता प्रदर्शन गर्न निर्देशन दिएका छन्। शुक्रवार प्रधानमन्त्री ओलीले सांसदहरूलाई लिखित निर्देशन जारि गर्दै बैठकमा दलको एकता र विषयगत एकता स्पष्ट देखाउ निर्देशन दिएका हुन् । 

'संसदका दुवै सदनका बैठक छोटा छरिता र मर्यादित एवम् विषय केन्द्रित हुनुपर्ने र संसदमा हाम्रो दलको एकता र विषयगत एकरूपता स्पष्ट देखिनुपर्ने आवश्यकतालाई माननीयज्यूहरूले बुझ्नु नै भएको छ', प्रधानमन्त्री ओलीले सांसदलाई पठाएको पत्रमा भनिएको छ।

आज अपरान्ह ४ बजेदेखि संघीय संसदको बजेट अधिवेशन सुरु हुँदैछ । अधिवेशनमा राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ २ गते नीति तथा कार्यक्रम संसदमा पेश गर्ने तय भएको छ भने संबैधानिक ब्यवस्थाअनुसार जेठ १५ गते अर्थमन्त्री डा. युवराज खतिवडाले बजेट पेश गर्नुहुनेछ ।

उनले सांसदहरूलाई अधिवेशनमा सक्रिय, समझदारीपूर्ण र एकतावद्ध प्रयासका साथ अघि बढ्न निर्देशन दिएका छन्।