२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा सांसदलाई प्रधानमन्त्री ओलीको लिखित निर्देशन : संसदमा एकता देखियोस्



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संसदहरुलाई बैठकमा एकता प्रदर्शन गर्न निर्देशन दिएका छन्। शुक्रवार प्रधानमन्त्री ओलीले सांसदहरूलाई लिखित निर्देशन जारि गर्दै बैठकमा दलको एकता र विषयगत एकता स्पष्ट देखाउ निर्देशन दिएका हुन् । 

'संसदका दुवै सदनका बैठक छोटा छरिता र मर्यादित एवम् विषय केन्द्रित हुनुपर्ने र संसदमा हाम्रो दलको एकता र विषयगत एकरूपता स्पष्ट देखिनुपर्ने आवश्यकतालाई माननीयज्यूहरूले बुझ्नु नै भएको छ', प्रधानमन्त्री ओलीले सांसदलाई पठाएको पत्रमा भनिएको छ।

आज अपरान्ह ४ बजेदेखि संघीय संसदको बजेट अधिवेशन सुरु हुँदैछ । अधिवेशनमा राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ २ गते नीति तथा कार्यक्रम संसदमा पेश गर्ने तय भएको छ भने संबैधानिक ब्यवस्थाअनुसार जेठ १५ गते अर्थमन्त्री डा. युवराज खतिवडाले बजेट पेश गर्नुहुनेछ ।

उनले सांसदहरूलाई अधिवेशनमा सक्रिय, समझदारीपूर्ण र एकतावद्ध प्रयासका साथ अघि बढ्न निर्देशन दिएका छन्।