२९ भाद्र २०८३, सोमबार
,
Latest
आँखा उपचारमा सञ्जाल विस्तार गर्दै भरतपुर आँखा अस्पताल एसियन प्रोफेसनल एचिभमेन्ट अवार्डमा विभिन्न क्षेत्रका व्यक्तित्व सम्मानित बाढीपीडित बालबालिकाको संरक्षणका लागि सरकारले ल्यायो ‘स्याहार योजना नर्बेले राष्ट्रिय सभा किन खारेज गर्यो ? इण्डोनेसियामा यात्रुवाहक पानीजहाज दुर्घटना, ६ जनाको मृत्यु, १३० जना बेपत्ता फलाखु खोलामा फड्के तथा स्याफ्रुबेँसीस्थित भोटेकोशी नदीमाथि तुइन निर्माण १४औँ महाधिवेशनको समितिका सबैलाई केन्द्रीय सदस्य बनाउने कांग्रेसको निर्णय प्रदेशका सरकारी भवनको बीमा गरिँदै भोटेकोशी बाढीले खोसेको खुसीः तीजको सङ्घारमा रित्तिएका काख र सुनसान आँगन आज हरितालिका तीज, पशुपतिनाथमा भक्तजनको घुइँचो (फोटो फिचर)
तपाईं के खोज्दै हुनुहुन्छ ?

देशभर १५ हजार ६ सय २४ जना क्वारेन्टाइनमा



अ+ अ-

काठमाडौं । नेपालमा अहिले सम्म देशभर १५ हजार ६ सय २४ जना क्वारेन्टाइनमा रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. विकास देवकोटाले प्रदेश १ मा १ हजार ६ सय ४५ जना, प्रदेश २ मा १ हजार २ सय ९१जना, बागमती प्रदेशमा २ सय ७२ जना, गण्डकी प्रदेशमा ५ सय ११ जना, प्रदेश ५ मा ५ हजार ८ सय ७ जना, कर्णाली प्रदेशमा २ हजार ७ सय ५ जना र सूदुरपश्चिम प्रदेशमा ३ हजार ३ सय ९३जना क्वारेन्टाइनमा रहेको जनाएका छन् । यस्तै आइसोलेसनमा १ सय ३५ जना रहेका छन् । यसमध्ये ३ जना काठमाडौं उपत्यकामा रहेका छन भने उपत्यका बाहिर १ सय ३२ जना रहेका छन् । 

अहिले सम्म कुल पीसीआर प्रविधिबाट गरिएको परीक्षणको संख्या १५ हजार ४ सय ९२ पुगेको छ । यस्तै आरडिटी विधिबाट गरिएको परिक्षणको संख्या ५४ हजार ५ सय ३१ पुगेको छ । पछिल्लो २४ घण्टामा १ हजार ८ सय ५९ आरडीटी परीक्षण गरिएको छ । प्रदेश १ मा ६ हजार ८ सय ४९ परीक्षण भएको छ भने प्रदेश २ मा ५ हजार ३ सय ५६, बागमती प्रदेशमा ९ हजार ६०, गण्डकी प्रदेशमा ६ हजार ३ सय ७७, प्रदेश ५ मा ६ हजार ९९, कर्णाली प्रदेशमा ६ हजार १ सय ७४, र सूदुरपश्चिम प्रदेशमा १४ हजार ६ सय १६ परीक्षण भएको छ । 

स्वीस सरकारले बिहीबार सरकारलाई ३० हजार थान पीसीआर टेस्टिङ किट उपलब्ध गराएको छ । किट उपलब्ध भएपछि पीसीआर प्रविधिबाट गरीने परीक्षणलाई पनि तिब्रता दिइने प्रवक्ता देवकोटाले बताउनुभयो । त्यसका लागि सकरारले शुक्रबार नै सबै प्रयोगशालामा किट पठाइसकेको उहाँले बताउनुभयो ।