२९ भाद्र २०८३, सोमबार
,
Latest
एसियन प्रोफेसनल एचिभमेन्ट अवार्डमा विभिन्न क्षेत्रका व्यक्तित्व सम्मानित बाढीपीडित बालबालिकाको संरक्षणका लागि सरकारले ल्यायो ‘स्याहार योजना नर्बेले राष्ट्रिय सभा किन खारेज गर्यो ? इण्डोनेसियामा यात्रुवाहक पानीजहाज दुर्घटना, ६ जनाको मृत्यु, १३० जना बेपत्ता फलाखु खोलामा फड्के तथा स्याफ्रुबेँसीस्थित भोटेकोशी नदीमाथि तुइन निर्माण १४औँ महाधिवेशनको समितिका सबैलाई केन्द्रीय सदस्य बनाउने कांग्रेसको निर्णय प्रदेशका सरकारी भवनको बीमा गरिँदै भोटेकोशी बाढीले खोसेको खुसीः तीजको सङ्घारमा रित्तिएका काख र सुनसान आँगन आज हरितालिका तीज, पशुपतिनाथमा भक्तजनको घुइँचो (फोटो फिचर) ‘धवलागिरिको इच्छा, गरिखाने शिक्षा’
तपाईं के खोज्दै हुनुहुन्छ ?

दृष्टिविहिनलाई आयशाले गरिन् सहयोग



अ+ अ-

काठमाडौं । दक्षिण एसियाली खेलकुद (साग) की दोहोरो स्वर्ण पदक विजेता आयशा शाक्यले दृष्टिविहिनहरुलाई शुक्रबार खाद्यान्न सहयोग गरेकी छिन् । कोरोना भाइरस कोभिड १९ को संक्रमण फैलन नदिन सरकारले गरेको लकडाउनका कारण विभिन्नहरुलाई आर्थिक रुपमा निकै कठिनाई भइरहेको छ । 

कीर्तिपुरस्थित नगाँउमा रहेका ३५ दृष्टिविहिनलाई सोही ठाँउ पुगेर आयशाले खाद्यान्न हस्तान्त गरेकी थिइन् । राहतमा १० केजी चामल, दाल १ केजी, चिउरा १ केजी, तेल १ लिटर, नुन १ केजी, भुजा १ केजी र चाउचाउ ४ प्याकेट रहेको छ । 

सागमा पदक जितेवापत सरकारले हालै नगद पुरस्कारबाट सम्मानित गरेपछि आयशाले सोहीबाट सहयोग गरेको बताइएकी छिन् । अरु खेलाडीहरुले पनि यो कठिन अवस्थामा सहयोग गर्नुभइरहेको छ, आयशाले भनिन्, आफुले सक्दो सहयोग गर्नुपर्दछ भन्ने मलाई नी लागेको छ । 

त्यसमाथि दृष्टिविहिनहरुलाई सहयोग गर्दा थप आनन्द महसुस गरे । एसियाली खेलकुदकी कास्य पदक विजेता समेत रहेकी आयशाले मंसिरमा स्वदेशमा आयोजनामा भएको सागको तेक्वान्दोको पुम्सेमा दोहोरो स्वर्ण पदक जितेकी थिइन् ।