१३ असार २०८३, शनिबार
,
Latest
गण्डकी प्रदेश महिला टी–२० क्रिकेट सुरु, स्याङ्जाको विजयी सुरुआत अफगानिस्तानमा ६.१ म्याग्निच्युडको भूकम्प भेनेजुएला : भूकम्पको ३२ घण्टापछि नवजात शिशुको सकुशल उद्धार लेबनान, इजरायल र अमेरिकाद्वारा त्रिपक्षीय सम्झौतामा हस्ताक्षर अष्ट्रेलियाले सामाजिक सञ्जाल प्रतिबन्ध उल्लङ्घन गर्ने प्लेटफर्मलाई दोब्बर जरिवाना लगाउने भेनेजुएलाको भूकम्पमा ९२० जनाको मृत्यु, ५० हजार बेपत्ता युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित आगामी तीन दिन भारी वर्षाः कोशी र मधेसमा विशेष सतर्कता अपनाउन आग्रह प्यूठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख दुर्घटनामा मृत्यु निःशुल्क स्वास्थ्य शिविर, ३५५ जनाले लिए सेवा
तपाईं के खोज्दै हुनुहुन्छ ?

परीक्षण हुँदै कोरोनाविरुद्धका खोप र औषधि



अ+ अ-

काठमाडौं । कोभिड–१९ को विश्वव्यापी महामारीबाट मानिसलाई बचाउन वैज्ञानिक र चिकित्सकहरू विभिन्न प्रकारका खोप र औषधिको परीक्षणमा जुटेका छन् । तत्काल खोप र औषधि उपलब्ध नहुँदा कोराना भाइरसको संक्रमण नियन्त्रण गर्न चुनौतीपूर्ण बनेको छ । तर, छिट्टै समाधान निकाल्ने प्रयासमा वैज्ञानिकहरू लागिपरेका छन् ।

हाइड्रोक्सिक्लोरोक्वाइन र क्लोरोक्वाइन

१८ मार्चमा अमेरिकी फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन (एफडिए)ले कोभिड–१९ विरुद्ध मलेरियाका बिरामीलाई दिइने हाइड्रोक्सिक्लोरोक्वाइन र क्लोरोक्वाइन प्रयोग गर्ने निर्णय गर्‍यो । त्यसलगत्तै अमेरिका सरकारले तीन करोड डोज हाइड्रोक्सिक्लोरोक्वाइन र १० लाख डोज क्लोरोक्वाइन बजारमा पठाइने तयारी भइरहेको बताएको थियो । तर, एक सातापछि युरोपियन युनियनका अधिकारीहरूले हाइड्रोक्सिक्लोरोक्वाइन र क्लोरोक्वाइनजस्ता औषधि कोभिड–१९ विरुद्ध प्रभावकारी हुने प्रमाण नभएको बताए । अप्रिल अन्तिम साता एफडिएले नै हाइड्रोक्सिक्लोरोक्वाइन र क्लोरोक्वाइनजस्ता औषधिको प्रयोगले मुटुसम्बन्धी समस्या देखिने बताएको थियो । जर्नल अफ अमेरिकन मेडिकल एसोसिएसन (जामा)ले पनि मुटुको धड्कन अनियमित हुने र दैनिक दुई डोज सेवन गरेका २४ जनाको मृत्यु भएकाले क्लोरोक्वाइनको प्रयोग गर्न नसकिने बताएको थियो । त्यसैले कोभिड–१९ नियन्त्रणका लागि दुवै औषधिको प्रयोग अझै द्विविधामै छ ।

रेमडेसिभिर

सन् २०१४ मा इबोलाविरुद्ध परीक्षणमा ल्याइएको रेमडेसिभिर नामक एन्टिभाइरल कोभिड–१९ का लागि पनि परीक्षण भएको छ । इबोलाका लागि प्रभावकारी नदेखिए पनि यो एन्टिभाइरलले शरीरमा भाइरस फैलिनबाट रोक्न सक्ने अध्ययनबाट पत्ता लागेको थियो । डिपार्टमेन्ट अफ भेट्रान अफेयर्सका अनुसार अप्रिल मध्यतिर गरिएको परीक्षणमा रेमडेसिभिरले बिरामीमा केही सकारात्मक लक्षण देखिएको थियो । तर, पर्याप्त अध्ययन नभएको बताउँदै अमेरिकाबाहेकका मुलुकले यसको परीक्षण र प्रयोग अगाडि बढाएका छैनन् ।

क्यालेट्रा

एचआइभी पोजिटिभ ९एड्स०का बिरामीलाई दिइने एन्टिभाइरल हो, क्यालेट्रा । लोपिनाभिर र रिटोनाभिरको सम्मिश्रण रहने यो एन्टिभाइरल पनि कोभिड–१९ विरुद्ध प्रयोग गर्न सकिने–नसकिनेबारे परीक्षणको क्रममा छ ।

फविपिराभिर

इन्फ्लुएन्जाका बिरामीलाई दिइँदै आएको औषधि हो यो । चीनले यो औषधि कोभिड–१९ विरुद्ध परीक्षण गरेको बताइए पनि त्यसको प्रभावकारिताबारे थप तथ्य प्रकाशित भएको छैन । 

आर्बिडोलदेखि एन्टिबडीसम्म

आर्बिडोललाई अन्य दुई औषधिसँगै राखेर परीक्षण भइरहेको छ । यसबारे थप अनुसन्धान जारी छ । र, परिणाम सार्वजनिक भइसकेको छैन । यस्तै, मोनोक्लोनल एन्टिबडिज, ब्लड प्लाज्मा ट्रान्सफर, स्टिम सेल्स र इम्युनो सुपरस्ट्यान्सजस्ता उपचार विधिबारे पनि अध्ययनहरू भइरहेका छन् । संक्रमितमा परीक्षण भएका कतिपय उपचार पद्धतिबाट सकारात्मक नतिजा पनि नआएको होइन । तर, कोरोना भाइरसको उपचारकै लागि खोप र औषधि बन्न अझै समय लाग्ने वैज्ञानिकहरूको अनुमान छ ।, समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।