२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

थप एक जना कोरोना पुष्टि, संक्रमितको संख्या १ सय २१ पुग्यो



अ+ अ-

 काठमाडौं । नेपालमा थप एक जना कोरोना संक्रमित भेटिएका छन्। सोमबार बिहान कपिलवस्तुका १० जना व्यक्तिमा संक्रमण देखिँदा दिउँसो थप एक जना व्यक्तिमा संक्रमण देखिएको हो। 

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारीका अनुसार नयाँ संक्रमित युवक सप्तरीका हुन्। १८ वर्षीय युवक डाक्नेश्वरी नगरपालिका-३ का बासिन्दा हुन्। उनको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ।

धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षणमा युवकमा संक्रमण पुष्टि भएको हो।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १२१ पुगेको छ भने ३१ जना उपचारपछि घर फर्किसकेका छन्।