२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अहिलेको बजेट तत्कालिन समस्या समाधान गर्नेतर्फ केन्द्रीत हुनुपर्छ : सांसद बडु



अ+ अ-

काठमाडौं । आर्थिक २०७७/७८ का लागि विनियोजित विधेयका सिद्धान्त र प्राथमिकतामाथि छलफलम सांसदहरुले बजेट परम्परागत ढंगबाट आएको जिकिर गरेका छन् ।  

अहिलेको बजेट पूर्ण रुपमा कोरोना महामारी नियन्त्रणका लागि केन्द्रीत हुनुपर्नेमा त्यसो हुन नसकेको सांसदहरुले बताएका छन् । छलफलमा नेपाली कांग्रेसका सांसद दिलेन्द्र प्रसाद बडुले अहिलेको बजेट तत्कालिन समस्या समाधान गर्नेतर्फ केन्द्रीत हुनुपर्नेमा त्यस्तो हुन नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘तत्कालिन रुपमा समस्या समाधान हुनेगरी बजेट ल्याउनुपर्ने थियो । त्यसपछि पुरक बजेट आउन सक्थ्यो । तर विना कुनै योजना बजेट आएको छ । बजेटमा कुनै भिन्नता छैन गत वर्षहरुको जस्तै छ ।  लक डाउनको समयमा धेरैले रोजगारी गुमाए । श्रमिकहरु हप्तौ हिडेर गन्तव्यमा पुगे तर लोक कल्याणकारी राज्यले काम गरेन् ।’’

स्वास्थ्य मन्त्रालयमा केन्द्रीय गरेर बजेटलाई क्वारेन्टाइन व्यवस्थान, परीक्षण बृद्धि र अस्पतालहरुको पुर्नसंरचनामा खर्च गर्नुपर्ने अवस्थामा त्यस्तो हुन नसकेको उहाँले बताउनुभयो ।

प्राथकिताका क्षेत्रमा बजेट विनियोजन हुने भनिएपनि वर्षौदेखि अलपत्र दार्चुला तिंकर सडकलाई सरकारले प्राथमिकतामा पार्न नसकेको उहाँले बताउनुभयो । सरकारको प्राथमिकतामा उक्त सडक नपरेकै कारण भारतले नेपाली भूमि अतिक्रमण गरिरहेको उहाले बताउनुभयो । आगामी २ वर्षभित्र निर्माण सम्पन्न गर्नेगरी काम गर्न पनि उहाँले आग्रह गर्नुभयो ।