२९ भाद्र २०८३, सोमबार
,
Latest
हरेक सेकेन्ड बाँच्नका लागि गरिएका असम्भव सङ्घर्षः प्राविधिक साह तीज नारी सम्मान, समानता र सामाजिक रुपान्तरणको द्योतकः मुख्यमन्त्री आचार्य आँखा उपचारमा सञ्जाल विस्तार गर्दै भरतपुर आँखा अस्पताल एसियन प्रोफेसनल एचिभमेन्ट अवार्डमा विभिन्न क्षेत्रका व्यक्तित्व सम्मानित बाढीपीडित बालबालिकाको संरक्षणका लागि सरकारले ल्यायो ‘स्याहार योजना नर्बेले राष्ट्रिय सभा किन खारेज गर्यो ? इण्डोनेसियामा यात्रुवाहक पानीजहाज दुर्घटना, ६ जनाको मृत्यु, १३० जना बेपत्ता फलाखु खोलामा फड्के तथा स्याफ्रुबेँसीस्थित भोटेकोशी नदीमाथि तुइन निर्माण १४औँ महाधिवेशनको समितिका सबैलाई केन्द्रीय सदस्य बनाउने कांग्रेसको निर्णय प्रदेशका सरकारी भवनको बीमा गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वास्थ्यकर्मीलाई नै ज्यान मार्ने धम्की



अ+ अ-

राँझा । कोरोनाविरुद्ध अग्रभागमा रहेर कार्यरत स्वास्थ्यकर्मीलाई बांँकेको सोनपुरमा स्थानीय व्यक्तिले ज्यान मार्ने धम्की दिएका छन् । स्वास्थ्यचौकीमा नजन्मेको शिशुलाई त्यहीँ जन्मेको प्रमाणीकरण गरिदिनुपर्ने माग अस्वीकार गर्दा ज्यान मार्ने धम्की आएपछि खजुरा गाउँपालिका वडा नं ७ स्थित सोनपुर स्वास्थ्यचौकीमा कार्यरत स्वास्थ्यकर्मी त्रसित भएको स्वास्थ्यचौकीका प्रमुख सुदीप पौडेलले बताए । 

उनका अनुसार यही वैशाख २६ गते प्रसूति गराउन आएकी रफी भाटकी श्रीमतीलाई स्वास्थ्यचौकीका कर्मचारीले व्यथा नलागेको भन्दै घर फर्काईदिएका थिए । घरमै सुत्केरी भए पनि  स्वास्थ्यचौकीमै  जन्मिएको प्रमाणीकरण हुनुपर्ने भाटको माग अस्वीकार गर्दा उनीसहितको समूहले कार्यालयमा आएर कर्मचारीमाथि दुव्र्यवहार गर्नाका साथै ज्यान मार्ने धम्की दिएको हो । 
स्वास्थ्यचौकीमै आएर कर्मचारीलाई कार्यालय बाहिर भेटे हातखुट्टा भांँच्ने र ज्यान मार्ने धम्की दिएका कारण काम गर्ने वातावरण नभएको भन्दै कर्मचारीले सुरक्षा प्रत्याभूतिको माग गरी प्रहरीमा उजूरी दिएको स्वास्थ्य चौकीका प्रमुख पौडेलले जानकारी दिए ।

इलाका प्रहरी कार्यालय धनौलीका इञ्चार्ज प्रहरी निरीक्षक पोषणराज थपलियाले सोनपुर स्वास्थ्यचौकीका स्वास्थ्यकर्मीले आफूहरुमाथि जीउज्यानको सुरक्षा गरी पाऔँ भन्दै कार्यालयमा निवेदन दिएको जानकारी दिँदै सोबारे अनुसन्धान शुरु भएको बताए । कोरोना भाइरस सङ्क्रमणको आशङ्कामा स्वास्थ्यकर्मीले धमाधम स्वाब सङ्कलन गरिरहेका बेला धम्की आएपछि स्वास्थ्यचौकीको सेवा प्रभावित भएको छ ।