२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

जुम्लामा रेडियोबाट पढाइ शुरु



अ+ अ-

खलङ्गा । जुम्लाको चन्दननाथ नगरपालिकाले  कक्षा ४ देखि १० सम्मका विद्यार्थीलाई सामुदायिक रेडियोबाट सोमबारदेखि पढाइ शुरु गरेको छ । बन्दाबन्दीका कारण विद्यार्थीको पढाइमा प्रभावित परेले यहाँका सामुदायिक रेडियोबाट पढाउन शुरु गरिएको  नगरपालिकाका उपप्रमुख अप्सरादेवी न्यौपाने  बताए ।

जिल्लामा रहेका सामुदायिक रेडियो कर्णाली एफएम, रेडियो नारी आवाज र रेडियो खुला आकाशबाट प्रत्येक दिन अनिवार्य अङ्ग्रेजी, गणित, विज्ञान, नेपाली र सामाजिक विषयको र कक्षा सञ्चालनमा आएको  नगरपालिका शिक्षा तथा खेलकूद शाखाका प्रमुख खडानन्द चौलागाईँले बताए ।

अनलाइन अध्यापन कठिन
जिल्लाका आठ स्थानीय तहमध्ये चन्दननाथमा मात्र इन्टरनेटको पहुँचमा रहेकाले जुम्लामा अनलाइन प्रविधिबाट पठनपाठन असम्भव देखिएको तिला गाउँपालिका अध्यक्ष रतननाथ योगीले बताए । यहाँ कुल सामुदायिक विद्यालय १७० छन् ।