२४ भाद्र २०८३, बुधबार
,
Latest
युलेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २० लाख रुपैयाँ हस्तान्तरण पाकिस्तानको सिन्धमा सडक दुर्घटनाः छ जनाको मृत्यु, १८ घाइते रसुवाका बाढीपीडितलाई पत्रकार सोनुकुमार दासको राहत सहयोग जापानको प्रमुख विपक्षी दल आठ महिनामै विघटन ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता मन्त्री चौधरी र सचिव डा मिश्रबीच कार्यसम्पादन करार सम्झौता परिवारका ६ जना बाढीमा हराएको पीडामा सावित्री : अब जीवन कहाँबाट सुरु गर्ने ? चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता राहदानी आवेदनका लागि तोकिएको समयमा उपस्थित हुन विभागको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

इजरायलद्वारा गाजा शहर आक्रमणको लागि ६० हजार सेना तैनाथ



अ+ अ-

एजेन्सी । इजरायलले गाजा शहर कब्जा गर्न र त्यहाँको जनसंख्यालाई विस्थापित गर्न योजनावद्ध आक्रमण गर्नुअघि बुधवार ६० हजार सेना तैनाथ गरेको छ । सरकारका प्रवक्ताले आगामी दिनहरूमा थप २० हजार सैनिकहरू बोलाइने बताउनु भयो ।

अभियानभर तीन चरणहरूमा कुल १ लाख १०, हजारदेखि १ लाख ३० हजार रिजर्भिस्टहरू तैनाथ गरिनेछ । रिपोर्टअनुसार आक्रमणमा गाजा शहरभित्र १२ वटा ब्रिगेडहरू सञ्चालन हुने अनुमान गरिएको छ । रक्षामन्त्री इजरायल काट्जबाट मंगलवार राति प्रारम्भिक स्वीकृति प्राप्त भएपछि अन्तिम स्वीकृतिको लागि आगामी दिनहरूमा सुरक्षा मन्त्रिपरिषद्ले अपरेशनको समीक्षा गर्ने अपेक्षा गरिएको बताउनु भयो ।

प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयकाअनुसार गाजामा इजरायलको २२ महिनाको आक्रमणमा ६२ हजार बढीको मृत्यु भएको छ । स्वास्थ्य अधिकारीहरूकाअनुसार भोकमरीबाट मृत्यु हुनेको संख्या दिनहुँ बढ्दै गएको छ । मंगलवारसम्म गाजामा १ सय १२ बालबालिकासहित कम्तिमा २ सय ६६ जनाको भोकमरीबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ ।