२० मंसिर २०८२, शनिबार
,
Latest
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न प्लेअफ पुग्दा उत्साहित छौँः लुम्बिनीका कप्तान पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

इजरायलद्वारा गाजा शहर आक्रमणको लागि ६० हजार सेना तैनाथ



अ+ अ-

एजेन्सी । इजरायलले गाजा शहर कब्जा गर्न र त्यहाँको जनसंख्यालाई विस्थापित गर्न योजनावद्ध आक्रमण गर्नुअघि बुधवार ६० हजार सेना तैनाथ गरेको छ । सरकारका प्रवक्ताले आगामी दिनहरूमा थप २० हजार सैनिकहरू बोलाइने बताउनु भयो ।

अभियानभर तीन चरणहरूमा कुल १ लाख १०, हजारदेखि १ लाख ३० हजार रिजर्भिस्टहरू तैनाथ गरिनेछ । रिपोर्टअनुसार आक्रमणमा गाजा शहरभित्र १२ वटा ब्रिगेडहरू सञ्चालन हुने अनुमान गरिएको छ । रक्षामन्त्री इजरायल काट्जबाट मंगलवार राति प्रारम्भिक स्वीकृति प्राप्त भएपछि अन्तिम स्वीकृतिको लागि आगामी दिनहरूमा सुरक्षा मन्त्रिपरिषद्ले अपरेशनको समीक्षा गर्ने अपेक्षा गरिएको बताउनु भयो ।

प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयकाअनुसार गाजामा इजरायलको २२ महिनाको आक्रमणमा ६२ हजार बढीको मृत्यु भएको छ । स्वास्थ्य अधिकारीहरूकाअनुसार भोकमरीबाट मृत्यु हुनेको संख्या दिनहुँ बढ्दै गएको छ । मंगलवारसम्म गाजामा १ सय १२ बालबालिकासहित कम्तिमा २ सय ६६ जनाको भोकमरीबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ ।