२८ असार २०८३, आईतवार
,
Latest
आज आदिकवि भानुभक्तको २१३औँ जन्मजयन्ती मनाइँदै क्युबामा देशव्यापी बिजुली कटौतीपछि आइतबारदेखि विद्युत आपूर्ति पुनर्स्थापना मोदी खोलाको बाढीले घर र रेष्टुरेन्ट बगायो दलित समुदायले सम्मानजनक थर राख्न पाउने अधिकार सुनिश्चित हुनुपर्छः सचेतक परियार बागलुङ बजारका धारामा दशकौँदेखि धमिलो पानी मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्द ‘नेपाली भाषाको विकास र विस्तारमा भानुभक्त आचार्यको योगदान महत्वपूर्ण’ बङ्गलादेशमा मनसुनी बाढीमा परी मृत्यु हुनेको सङ्ख्या ५० पुग्यो, हजारौँ विस्थापित राप्तीमा बेपत्ता एक जनाको शव फेला इरानमा अमेरिकी र इरानद्वारा खाडी राष्ट्रहरुमाथि आक्रमण, स्थिति झनै गम्भीर
तपाईं के खोज्दै हुनुहुन्छ ?

इन्धन आपूर्तिलाई व्यवस्थित बनाउन रुपन्देहीमा अत्याधुनिक इन्धन भण्डारण डिपो निर्माण गर्दै निगम



अ+ अ-

काठमाडौँ । नेपाल आयल निगमले इन्धन आपूर्ति प्रणालीलाई थप सुदृढ र व्यवस्थित बनाउन लुम्बिनी प्रदेशको रुपन्देही जिल्लामा नयाँ अत्याधुनिक इन्धन भण्डारण डिपो निर्माण शुरु गरेको छ ।

इन्धन भण्डारण क्षमता अभिवृद्धि गर्ने उद्देश्यले निगमले जिल्लाको रोहिणी र ओमसतिया गाउँपालिकाको २५ बिघा क्षेत्रफलमा नयाँ अत्याधुनिक डिपो निर्माण गर्न लागेको हो । लुम्बिनी प्रदेशमा बढ्दो इन्धन मागलाई ध्यानमा राख्दै आपूर्ति सन्तुलन कायम गर्न तथा आकस्मिक तथा आपतकालीन परिस्थितिमा सुरक्षित भण्डारण र आपूर्ति सुनिश्चित गर्न इन्धन डिपो निर्माण गर्न लागिएको आयोजना प्रमुख एवं इन्जिनियर प्रदीपकुमार यादवले बताउनु भयो ।

उहाँका अनुासर हाल सञ्चालनमा रहेको भैरहवास्थित डिपोको तुलनामा नयाँ डिपोको भण्डारण क्षमता दोब्बर हुनेछ । उक्त इन्धन डिपो निर्माण सम्पन्न भइसकेपछि लुम्बिनी प्रदेशमा एक महिनाको लागि आवश्यक पर्ने इन्धन भण्डारण गर्न सकिने बताउनु भयो ।

परियोजनाको प्रारम्भिक लागत करिब ७९ करोड ४२ लाख रुपैयाँ अनुमान गरिएको छ । डिपोसँगै कर्मचारी आवासगृह (महिला तथा पुरुष छुट्टाछुट्टै), प्रशासनिक भवन, कन्ट्रोल भवन, प्रयोगशाला भवन, स्टोर तथा गोदाम भवन, पहुँच मार्ग र सुरक्षा पर्खाल, अग्नि नियन्त्रण (फायर फाइटिङ) प्रणाली, विद्युत प्रणाली तथा सिसिटीभी निगरानी कक्षहरु निर्माण गरिने उहाँले उल्लेख गर्नुभयो ।

उहाँले उक्त इन्धन ट्याङ्की अगामी आर्थिक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ । डिपो निर्माणले लुम्बिनी प्रदेशमा इन्धन आपूर्तिको दीर्घकालीन सुरक्षा सुनिश्चित गर्ने आयोजना प्रमुखको यादवको विश्वास छ ।