३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री

इरानमा अमेरिकी र इरानद्वारा खाडी राष्ट्रहरुमाथि आक्रमण, स्थिति झनै गम्भीर

इरानमा अमेरिकी र इरानद्वारा खाडी राष्ट्रहरुमाथि आक्रमण, स्थिति झनै गम्भीर
अ+ अ-

काठमाडौं । अमेरिकाले यसै साता इरानसँगको युद्धविराम अन्त्य भएको एकतर्फी घोषणा गरेर इरानमाथि हमला सुरु गरेको छ । अमेरिकाले हिजोदेखि इरानमा तेस्रो चरणको शक्तिशाली बमबारी थालेको छ । गएरातिदेखि इरानमाथि अमेरिकी हमला निरन्तर रहेको छ ।

अमेरिकी आक्रमणपछि उता इरानले पनि स्टेट अफ हर्मुज बन्द गरिदिएको छ । इरानले घोषित रुपमै यो नाका बन्द गरेपछि यसबाट थप समस्या सिर्जना भएको छ । तेलको मुख्य नाकाका रुपमा रहेको यो बन्द भएपछि अब पुनः इन्धन आपूर्तिमा आन्योल हुने भएको हो ।

उता अमेरिकाले इरानमा हमला गरेपछि जवाफमा इरानले जोर्डन र खाडी मुलुकहरूमा मिसाइल तथा ड्रोन आक्रमण थालेको बताइएको छ । इरानले बहराइन, कुवेत, जोर्डन, कतार र ओमानमाथि आक्रमण गरेको दाबी गरेको छ भने संयुक्त अरब इमिरेट्स (यूएई) ले आफ्नो आकाशमा इरानी मिसाइल र ड्रोनहरू रोकेको जनाएको छ ।

हर्मुज जलडमरूमध्येको स्टेट अफ हर्मुज साइप्रसको झण्डा अंकित एक मालबाहक जहाजमाथि इरानले आक्रमण गरेको आरोप लगाउँदै अमेरिकाले यो सैन्य कारबाही गरेको हो ।

यसैबीच, इरानको बन्दर अब्बास, सिरिक, चाबहार, जस्क र असालुये जस्ता प्रमुख बन्दरगाह सहरहरूमा ठूला विस्फोटका आवाजहरू सुनिएका छन् । इरानी विद्रोही सेनाले हर्मुज जलडमरूमध्ये मार्ग अस्थायी रूपमा बन्द घोषणा गर्दै अनधिकृत मार्गबाट हिँड्ने जहाजमाथि चेतावनी स्वरूप गोली प्रहार गरिएको बताएको छ ।

अमेरिकी र इजरायली आक्रमणमा मारिएका पूर्व सर्वोच्च नेता अली खामेनीको मृत्युको बदला लिने प्रतिज्ञा उनका छोरा तथा वर्तमान सर्वोच्च नेता आयातोल्लाह मोज्ताबा खामेनीले गरेका छन् । उनले भनेका छन् “बदला नै हाम्रो राष्ट्रको इच्छा हो ।”

केही समयअघि मात्र दुई देशबीच युद्धविराम भएको थियो र दुई देशबीच सम्झौता हुन लागेको बताइएको थियो । तर, त्यो कार्यान्वयनमा नआउँदै अमेरिकाले एकतर्फी आक्रमण थालेको इरानको दाबी छ ।

उता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने इरानले आफ्नो हत्याको योजना बनाएको बताएका छन् । उनले यदि इरानले आफ्नो हत्याका लागि योजना बनाएको हो भने अमेरिकाले इरानलाई ध्वस्त गरिदिने चेतावनी पनि दिएका छन् ।

पछिल्लो समय यी दुवै देश निकै आक्रमक हुँदै आएका छन् । दुवै देशले आफू पछि नहट्ने चेतावनी दिइरहँदा विश्व शान्ति भने झन् गम्भीर अवस्थामा परेको विश्लेषकहरु ब्ताउन थालेका छन् । यो एक अर्काबीचको आक्रमणको सिलसिलाले अवस्था कहाँ पुग्ने हो भन्ने निश्चत नरहेको उनीहरुको दाबी छ ।