२ भाद्र २०८३, मंगलवार
,
Latest
दलहरूकै कमजोरीका कारण संक्रमणकालीन न्याय टुंगोमा पुग्न सकेनः मैना कार्की टिआरसीको विषय रास्वपा सरकारलाई टुंगोमा पुर्‍याउने अवसर छः डा. रामकुमार भण्डारी लघुवित्त तथा मिटरब्याज पीडितका समस्या समाधान गर्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह राष्ट्रिय गौरवका सिँचाइ आयोजना पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राहदानी सेवा सुरक्षित र सहज बनाउनु राज्यको प्राथमिक दायित्व : परराष्ट्रमन्त्री खनाल सत्ता पक्षले प्रतिपक्षको भुमिका खोस्न खोज्योः सांसद राई तोकिएकै समयभित्र कांग्रेस महाधिवेशन सम्पन्न गर्न सभापति थापाको निर्देशन राजदूत नियुक्तिमा ढिलाइप्रति कांग्रेसको चासो, तत्काल नियुक्ति गर्न सरकारलाई आग्रह ग्यास तथा अत्यावश्यक वस्तुको नियमित आपूर्ति गर्न सरकार असफल भएको काँग्रेसको आरोप केवाइसी अपडेट गर्ने भन्दै ठगी गर्ने चार जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्युबामा देशव्यापी बिजुली कटौतीपछि आइतबारदेखि विद्युत आपूर्ति पुनर्स्थापना



अ+ अ-

हवाना। क्युबामा एक साताभित्र दोस्रो पटक भएको देशव्यापी बिजुली कटौती आइतबार राष्ट्रिय विद्युत प्रणाली पुनर्स्थापना गरिएपछि पुनः सञ्चालनमा आएको राष्ट्रिय विद्युत कम्पनीले जनाएको छ ।

राष्ट्रिय विद्युत प्राधिकरणले एक्समा जारी एक विज्ञप्तिमा लेखिएको छ, “आज बिहान ६ः३० बजे देखि देशभरको राष्ट्रिय विद्युत प्रणाली पुनः जोडिएको छ।”

देशको विद्युत् आपूर्तिमा समस्या आएपछि २४ घण्टाभन्दा बढी समय लगाएर प्रणाली पुनः सुरु गर्नुपरेको थियो । इन्धनको अभावले यो प्रक्रिया ढिलो र जटिल बनेको थियो । शनिबार रातिदेखि आइतबार बिहानसम्म इन्जिनियरहरूले कामलाई तीव्रता दिएका थिए ।

करिब १७ लाख जनसङ्ख्या भएको शहर हवानामा ६५ प्रतिशतभन्दा बढी घरपरिवारमा शनिबार रातिदेखि नै बिजुली पुनर्स्थापना गरिएको थियो ।

यो छ महिनाभित्र चौथो देशव्यापीरूपमा भएको विद्युत् अवरोध हो । सन् २०२४ को अन्त्ययता यो नवौँ पटक भएको छ । क्युबामा कुल ९६ लाख जनसङ्ख्या छ ।

क्युबा दशकौँदेखिको सबैभन्दा खराब आर्थिक सङ्कटबाट गुज्रिरहेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जनवरीमा इन्धनमा लगाएको नाकाबन्दीले यो सङ्कटलाई थप गम्भीर बनाएको छ । यो नाकाबन्दी छ दशक लामो कम्युनिस्ट शासन अन्त्य गर्न दबाब दिने अभियानको एक भाग हो ।(रासस/एएफपी)