८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

बागलुङ बजारका धारामा दशकौँदेखि धमिलो पानी

बागलुङ बजारका धारामा दशकौँदेखि धमिलो पानी
अ+ अ-

बागलुङ।  बागलुङ बजारको खानेपानी समस्या समाधान लागि लिफ्टिङ आयोजना सुरु गरेको आठ वर्ष बित्यो ।

अघिल्लो वर्ष नै आयोजनाको ९६ प्रतिशत काम सकिए पनि अहिलेसम्म निर्माण कम्पनीले नगर खानेपानी संस्थालाई हस्तान्तरण गर्न सकेको छैन ।

अहिले बागलुङ बजारका धारामा धमिलो पानी आउँदा स्थानीयले शुद्धीकरण नगरी पिउन सक्दैनन् । खानेपानी तथा ढल निकास विभागमार्फत काठेखोलाबाट लिफ्ट गरी बजारमा पानी ल्याउनका लागि २०७५ सालमा ठेक्का लगाएको थियो ।

विसं २०७७ मा सक्ने गरी ‘कन्काई, जयमाता जेभीले रु ३० करोड २६ लाखमा जिम्मा लिएको थियो । तोकेको समयमा काम नसकेपछि लागत बढेर रु ३४ करोड ६५ लाख लागत मूल्य पु¥याइसकेको छ । तर निर्माण कम्पनीले अझै योजना हस्तान्तरण गर्न सकेको छैन ।

खानेपानी संस्थालाई आयोजना हस्तान्तरण नगर्दा हरेक वर्ष रु ८० लाख नोक्सानी व्यहोर्नुपरेको बागलुङ नगर खानेपानी तथा उपभोक्ता संस्थाका अध्यक्ष हरिबहादुर जिसीले बताउनुभयो । अहिले बागलुङ बजारमा संस्थाले दैनिक ब्लिचिङ पाउडर राखेर मात्र पानी वितरण गर्दै आएको उहाँको भनाइ छ ।

अध्यक्ष जिसीले भन्नुभयो, “बागलुङ बजारवासीले वर्षौँदेखि खानेपानीको समस्या भोग्दै आएका छन्, पहिलेको तुलनामा अहिले नियमित पानी वितरण गर्न त सकेका छौँ तर शुद्ध पानी अझै पनि वितरण गर्न सकेका छैनौँ, लिफ्टिङ आयोजना हस्तान्तरण नहुँदा धमिलो पानी उपभोक्ताका धारामा पठाउन बाध्य छौँ ।”

यो आयोजनाका लागि अहिलेसम्म काठेखोलामा पाँच वटा पानी थिग्राउने ट्याङ्की बनाइएको छ भने पाँच लाख लिटरको एउटा र दुई लाख लिटरका दुई आरबीटी ट्याङ्की बनाइएको अध्यक्ष जिसीले जानकारी दिनुभयो । दुई वटा स्लोसेन्ट ट्याङ्की बनाइएको छ ।

नेपाल सरकारको ७० प्रतिशत र उपभोक्ताको ३० प्रतिशत लगानीमा यो आयोजना निर्माणाधीन छ । तीस प्रतिशत लगानीको २५ प्रतिशत नगर विकास कोषको ऋण सहयोगसमेत जुटाइएको छ । यो आयोजना निर्माण नसकिए पनि उपभोक्ता समितिले वर्षमा रु ८० लाख सावा ब्याज भुक्तानी गर्दै आएको छ । यो आयोजनाबाट बागलुङ बजारमा चार हजार १०० धारा जडान भएका छन् ।

स्थानीय पिताम्बर आचार्यले बागलुङ बजारवासीले धमिलो पानी उपभोग गर्न थालेको दशकौँ भएको बताउनुभयो । कहिले खानेपानी संस्थाका कारण त कहिले निर्माण व्यवसायीको ढिलासुस्तीले गर्दा बजारवासीले शुद्ध पानी पिउन नपाएको उहाँले गुनासो गर्नुभयो । धारामा आउने पानी पिउन र सरसफाइ गर्नसमेत योग्न नभएको उहाँको भनाइ छ । रासस