४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि News Polar एमाले पुनःगठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै News Polar मधेसमा आत्महत्याका घटना बढ्दै News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’ News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए News Polar सूर्य थापाले भने– ‘ओलीकै प्यानलबाट जितेकाले पुनर्गठन भन्न मिल्दैन News Polar एसियाली खेलकुदको पहिलो स्वर्ण जापानलाई, चीनकी १३ वर्षीया पौडीबाजको उत्कृष्ट प्रदर्शन

लालपूर्जा तत्काल वितरण नगरे सरकारविरुद्ध कडा आन्दोलन गर्ने सुकुम्बासी संगठनको चेतावनी

लालपूर्जा तत्काल वितरण नगरे सरकारविरुद्ध कडा आन्दोलन गर्ने सुकुम्बासी संगठनको चेतावनी
अ+ अ-

काठमाडौं  । विभिन्न राजनीतिक दलसँग आबद्ध सुकुम्बासीसम्बन्धी संघ–संगठनहरूले भूमिहीन सुकुम्बासीलाई तत्काल लालपूर्जा उपलब्ध नगरिए सरकारविरुद्ध सशक्त आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्।

आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट अखिल नेपाल सुकुम्बासी संघसहितका विभिन्न संगठनहरूले सरकारले सुकुम्बासी व्यवस्थापनको नाममा आश्वासन मात्रै बाँड्दै आएको आरोप लगाए।

अखिल नेपाल सुकुम्बासी संघका इन्चार्ज नहेन्द्र खड्काले सरकारले विधि र प्रक्रियाअनुसार भूमिहीन सुकुम्बासीलाई तत्काल लालपूर्जा वितरण गर्नुपर्ने माग गर्दै त्यसो नगरे कडा संघर्षमा उत्रिन बाध्य हुने चेतावनी दिनुभयो। उहाँले सरकार सुकुम्बासीलाई झुक्याउने र ढाँट्ने काममा लागेको आरोप लगाउँदै लाखौं भूमिहीन, किसान, दलित तथा उत्पीडित समुदायको अधिकारका लागि आन्दोलन अपरिहार्य बन्न सक्ने बताउनुभयो।

त्यस्तै, संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा नेपालका कार्यवाहक अध्यक्ष नारायण परिश्रमीले सरकारले भूमिहीन, सुकुम्बासी, दलित तथा अव्यवस्थित बसोबासीका लागि बनेका ऐन–कानुनसमेत कार्यान्वयन नगरेर गरिब नागरिकमाथि अन्याय गरेको आरोप लगाउनुभयो। उहाँले जनतालाई झुटा आश्वासन दिएर शासन सञ्चालन गर्ने प्रवृत्ति त्याग्न सरकारलाई आग्रह गर्नुभयो।

कार्यवाहक अध्यक्ष परिश्रमीले सरकार राष्ट्रियताको विषयमा समेत गम्भीर षड्यन्त्रमा लागेको आरोप लगाउँदै देश कुनै एक सरकारको मात्रै नभई सम्पूर्ण नेपाली जनताको साझा सम्पत्ति भएकाले जनताको अधिकारमाथि हस्तक्षेप स्वीकार्य नहुने चेतावनी दिनुभयो।

सुकुम्बासी संगठनहरूले भूमिहीन नागरिकको समस्या समाधानका लागि लालपूर्जा वितरणको प्रक्रिया तत्काल अघि नबढाइए देशव्यापी आन्दोलनका कार्यक्रम घोषणा गर्ने समेत बताएका छन्।