१३ असार २०८३, शनिबार
,
Latest
गण्डकी प्रदेश महिला टी–२० क्रिकेट सुरु, स्याङ्जाको विजयी सुरुआत अफगानिस्तानमा ६.१ म्याग्निच्युडको भूकम्प भेनेजुएला : भूकम्पको ३२ घण्टापछि नवजात शिशुको सकुशल उद्धार लेबनान, इजरायल र अमेरिकाद्वारा त्रिपक्षीय सम्झौतामा हस्ताक्षर अष्ट्रेलियाले सामाजिक सञ्जाल प्रतिबन्ध उल्लङ्घन गर्ने प्लेटफर्मलाई दोब्बर जरिवाना लगाउने भेनेजुएलाको भूकम्पमा ९२० जनाको मृत्यु, ५० हजार बेपत्ता युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित आगामी तीन दिन भारी वर्षाः कोशी र मधेसमा विशेष सतर्कता अपनाउन आग्रह प्यूठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख दुर्घटनामा मृत्यु निःशुल्क स्वास्थ्य शिविर, ३५५ जनाले लिए सेवा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनको बाक्सामा मान्छे राखेर के गर्नु, मरेपछि त सक्किगो नि : प्रधानमन्त्री ओली



अ+ अ-

काठमाडौं । कोरोना सक्रमितको संख्या बढ्दै गएको अबस्थमा लकडाउन केही खुकुलो बनाइएको प्रति प्रधानमन्त्री केपी शर्मा ओलीले असन्तुष्टि जनाउनु भएको छ । 

आज बसेको मन्त्री परिषद्को बैठकमा प्रधानमन्त्री ओलीले मान्छेको जीवनभन्दा आर्थिक गतिविधि ठूलो  नहुने भन्दै  लकडाउनमा कुनै सम्झौता  नगर्न मन्त्रीहरुलाई निर्देशन दिनु भएको छ । अत्याबश्यक सरकारी कार्यलय र बित्तिय संस्था सुचारु गर्दे केही आर्थिक गतिबिधीलाई सुचारु गर्ने सरकारको यस अघिको निर्णयमा परिबर्तन हुने संकेत प्रधानमन्त्री ओलीले गर्नुभएको छ । 

उहाले उच्चस्तरीय समन्वय समितिलाई लाई लकडाउनलाई लकडाउन जस्तै बनाउन निर्देशन दिदै प्रधानमन्त्री ओलीले  हाल काठमाण्डौमा देखिएको दृश्यलाई  लकडाउन भन्न नमिल्ने  बताउनु भयो । सक्रमणको जोखिम उच्च रहेको अबस्थामा  लकडाउन प्रति खेलाची गर्न नहुने भन्दै  प्रधानमन्त्री ओलीले उच्चस्तरीय समितिको सुझावका आधारमा वैंक वित्तीय संस्था र अत्यावश्यक सेवाका उद्योगहरु खोल्न दिने निर्णय सहि नभएको बताउनु भयो । 

महामारी नियन्त्रणबाहिर जान नदिन सरकारले कठोर कदम चाल्नैपर्ने उनको भनाइ थियो । प्रधानमन्त्री ओलीले मिडिया र केही मान्छे लकडाउनको बिपक्षीमा देखिए नागरिकको ज्यू –ज्यान भन्दा ठुलो केही नहुने हुदा यसमा कठोर बन्न निर्देशन दिनुभयो ।