२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुधबार ११ बजे स्थायी समिति बैठक बस्दै , दुबै पक्ष आ-आफनो रणनीति बनाउदै



अ+ अ-

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी समितिको बैठक बुधबार बिहान ११ बजे पार्टी केन्द्रिय कार्यलय धुम्बाराहीमा बोलाईएको छ । यस अघि बैशाख २६ गते बोईएको बैठक अन्तिम समयमा आएर स्थगित भएको थियो । 

सरकार र पार्टी बिच बढेको दुरी, नेताहरु बीचको असन्तुष्टि, सरकारले जारी गरेर बिरोध पछि फिर्ता लिएका दुई अध्यादेश र त्यस पछि उत्पन्न  परिस्थितीका बारेमा छलफल गर्न लामो समय पछि स्थायी समितिको बैठक बस्न लागेको हो । यस अघि बैशाख २० गते बसेको सचिवालयको बैठकमा नेताहरु बीच सहमति भएको भनिएपछि त्यो सहमति कार्यन्वयन  नहुदै फेरी असन्तुष्टि बढेको थियो । 

स्थायी समितको बैठक बोलाउन माग गर्दे २० जना भन्दा बढी सदस्यहरुले लिखित आग्रह समेत गरेका थिए ।  ४५ सदस्य रहेका स्थायी समितिको बैठक नबस्दा पार्टी भित्रको अन्तरसर्घष संसद , संसदिय समितिका बैठकहरुमा पनि देखिन थालेपछि बैठक बोलाईएको हो । सरकारको नीति तथा कार्यक्रम जेष्ठ २ गते पेश गर्ने र बजेट १५ गते पेश गर्ने तयारी भै रहदा पार्टी एक ढिक्का छ भन्ने संन्देश प्रबाहका लागि पनि बैठक बोलाईएको एक सचिवालय सदस्यले जानकारी दिए ।