काठमाडौं । नेपालमा पहिलोपटक एक जना नर्समा कोरोना पुष्टि भएको छ । मंगलबार थपिएका ५७ संक्रमितमध्ये एक जना नर्सलाई संक्रमण पुष्टि भएको हो ।
प्रदेश ५ प्रदेश स्वास्थ्य निर्देशनालयका प्रवक्ता तथा वरिष्ठ जनस्वास्थ्य अधिकृत रोशनलाल चौधरीका अनुसार कपिलवस्तुकी एक जना नर्सलाई संक्रमण पुष्टि भएको थियो । संक्रमित जिल्लाको तौलिहवा अस्पतालमा काम गर्ने नर्स हुन् ।