१४ असार २०८३, आईतवार
,
Latest
गण्डकी प्रदेश महिला टी–२० क्रिकेट सुरु, स्याङ्जाको विजयी सुरुआत अफगानिस्तानमा ६.१ म्याग्निच्युडको भूकम्प भेनेजुएला : भूकम्पको ३२ घण्टापछि नवजात शिशुको सकुशल उद्धार लेबनान, इजरायल र अमेरिकाद्वारा त्रिपक्षीय सम्झौतामा हस्ताक्षर अष्ट्रेलियाले सामाजिक सञ्जाल प्रतिबन्ध उल्लङ्घन गर्ने प्लेटफर्मलाई दोब्बर जरिवाना लगाउने भेनेजुएलाको भूकम्पमा ९२० जनाको मृत्यु, ५० हजार बेपत्ता युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित आगामी तीन दिन भारी वर्षाः कोशी र मधेसमा विशेष सतर्कता अपनाउन आग्रह प्यूठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख दुर्घटनामा मृत्यु निःशुल्क स्वास्थ्य शिविर, ३५५ जनाले लिए सेवा
तपाईं के खोज्दै हुनुहुन्छ ?

भक्तपुर र काठमाडौं समेत गरी थप २६ जनामा कोरोना संंक्रमण, जम्मा २१७ पुग्यो



अ+ अ-

काठमाडौँ । नेपालमा आजै थप २६ जनामा कोरोना पुष्टि भएको छ । भक्तपुरका २ महिला र काठमाडौंका १ पुरुषसहित थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा आज गरिएको परीक्षणमा पाइएको छ । थप २६ जनामा कोरोना पुष्टि भएको हो ।

यसरी कोरोना पुष्टि हुनेहरूमा पर्साका १८, महोत्तरी, धनुषा, भत्तपुरका २, २ काठमाडौं र सर्लाहीका १, १ जना रहेका छन् । 

नयाँ संक्रमितमा पर्साका २२, २८, २८, ३२, ४५, ६० वर्षीय पुरुष, १६, २२, २४, २५, २५, २८, २८, ३२, ५९, ५५, ६१ र ६१ वर्षका महिला रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै, महोत्तरीका १६ र ३५ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण देखिएको मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले जानकारी दिए ।

उनका अनुसार धनुषाका २० वर्षीया महिला, ४० वर्षीय पुरुष, भक्तपुरका २५ वर्षीया महिला, २७ वर्षीय पुरुष, काठमाडौंकी ३३ वर्षीया महिला र सर्लाहीका ४५ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरू सबैको अवस्था सामान्य रहेको सहप्रवक्ता अधिकारीले जानकारी दिए । 

योसँगै आज मात्रै नेपालमा ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसअघि मंगलबार दिउँसो ५७ जनामा कोरोना पुष्टि भएको थियो । योसहित नेपालमा संक्रमितको कुल संख्या २ सय १७ पुगेको छ ।