२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भक्तपुर र काठमाडौं समेत गरी थप २६ जनामा कोरोना संंक्रमण, जम्मा २१७ पुग्यो



अ+ अ-

काठमाडौँ । नेपालमा आजै थप २६ जनामा कोरोना पुष्टि भएको छ । भक्तपुरका २ महिला र काठमाडौंका १ पुरुषसहित थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा आज गरिएको परीक्षणमा पाइएको छ । थप २६ जनामा कोरोना पुष्टि भएको हो ।

यसरी कोरोना पुष्टि हुनेहरूमा पर्साका १८, महोत्तरी, धनुषा, भत्तपुरका २, २ काठमाडौं र सर्लाहीका १, १ जना रहेका छन् । 

नयाँ संक्रमितमा पर्साका २२, २८, २८, ३२, ४५, ६० वर्षीय पुरुष, १६, २२, २४, २५, २५, २८, २८, ३२, ५९, ५५, ६१ र ६१ वर्षका महिला रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै, महोत्तरीका १६ र ३५ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण देखिएको मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले जानकारी दिए ।

उनका अनुसार धनुषाका २० वर्षीया महिला, ४० वर्षीय पुरुष, भक्तपुरका २५ वर्षीया महिला, २७ वर्षीय पुरुष, काठमाडौंकी ३३ वर्षीया महिला र सर्लाहीका ४५ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरू सबैको अवस्था सामान्य रहेको सहप्रवक्ता अधिकारीले जानकारी दिए । 

योसँगै आज मात्रै नेपालमा ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसअघि मंगलबार दिउँसो ५७ जनामा कोरोना पुष्टि भएको थियो । योसहित नेपालमा संक्रमितको कुल संख्या २ सय १७ पुगेको छ ।