२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भीम रावलको सुरक्षा गार्डलाई कोरोना देखिएपछि नेकपा स्थायी समिति बैठक स्थगित



अ+ अ-

काठमाडौं । आज ११ बजेका लागि बोलाइएको नेकपा स्थायी कमिटी बैठक फेरि पनि स्थगित भएको छ । बुधबार बिहान ११ बजे धुम्बाराहीमा बस्ने भनिएको बैठक स्थगित गरेको सचिवालयले नेताहरुलाई जानकारी गराएको छ । मंगलबार साँझ भक्तपुरमा फेला परेका २७ वर्षीय कोरोना संक्रमित पूर्वगृहमन्त्री भीम रावलको सुरक्षार्थ खटिएका सशस्त्र प्रहरी भएको पुष्टि भएको छ । सो कारणले गर्दा उक्त बैठक पनि स्थगित भएको बताइएको छ । 

नेकपाका महासचिव विष्णु पौडेलले नेकपाको अर्को बैठकको मिति निश्चित नभएको जानकारी दिए । बैठक किन स्थगित भएको भन्ने प्रश्नमा उनले भने, कतिपय स्थायी समितिका सदस्यहरुको पिसिआर परीक्षण नभएको र हाल अकस्मात कोरोना संक्रमण बढेका कारण सो बैठक स्थगति भएको हो ।  भीआईपीको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीलाई नै कोरोना देखिएको र सांसदबाहेक अरु नेताको परीक्षण नगरिएको कारण देखाउँदै बैठक स्थगनको सूचना आएको जानकारी एकजना स्थायी समिति सदस्यले दिएका छन् ।