१० श्रावण २०८३, आईतवार
,
Latest
‘बेलायतको हितलाई प्राथमिकतामा’ राख्दै ट्रम्पसँगको सम्बन्धलाई अघि बढाइने : बर्नहम नारायणी अस्पतालको आकस्मिक सेवा बन्द, बिरामी प्रभावित अमेरिका–रुसको अन्तरीक्ष टोली २४१ दिनपछि कजाखस्तानमा सुरक्षित अवतरण तोकिएको बाटोबाट बाहिरिएपछि समुद्री बारुदी सुरङमा एक ट्याङ्कर ठोक्कियो: इरान लागुऔषधसहित दुई जना नियन्त्रणमा पार्टी एकता सहमतिउन्मुखः सभापति थापा साउनभित्र उपत्यकामा डिडिसीका ३० ‘आउटलेट’ सञ्चालमा आउँदै त्रिवि प्रश्नपत्र चुहावटमा शिक्षामन्त्रीको र्‍यापिड एक्सन खुकुरीसहित आक्रमणको प्रयास गर्ने चार युवक पक्राउ डलर साटिदिने भन्दै ठगी गर्ने चार जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसिया कपका लागि भारतीय क्रिकेट टोलीको घोषणाः सूर्यकुमार कप्तान, गिल उपकप्तान



अ+ अ-

एजेन्सी । सेप्टेम्बर ९ देखि सुरु हुने एसिया कप टी–२० का लागि भारतीय क्रिकेट टोलीको घोषणा गरिएको छ ।

प्रमुख छनोटकर्ता अजित आगरकरले मंगलबार दिउँसो करिब ३ बजे टोलीको घोषणा गरेका हुन् ।

टोलीको कप्तानी सूर्यकुमार यादवले गर्नेछन् भने भारतीय टेस्ट टोलीका कप्तान शुभमन गिललाई उपकप्तान बनाइएको छ ।

यस वर्ष भारत क्रिकेट एसिया कपको आयोजक हो । पाकिस्तानले भारतमा खेल्न अस्वीकार गरेपछि यो युएईमा आयोजना हुँदैछ ।

प्रतियोगिता सेप्टेम्बर ९ बाट सुरु हुनेछ । भारतको पहिलो खेल सेप्टेम्बर १० मा युएई विरुद्ध हुनेछ ।