एजेन्सी । सेप्टेम्बर ९ देखि सुरु हुने एसिया कप टी–२० का लागि भारतीय क्रिकेट टोलीको घोषणा गरिएको छ ।
प्रमुख छनोटकर्ता अजित आगरकरले मंगलबार दिउँसो करिब ३ बजे टोलीको घोषणा गरेका हुन् ।
टोलीको कप्तानी सूर्यकुमार यादवले गर्नेछन् भने भारतीय टेस्ट टोलीका कप्तान शुभमन गिललाई उपकप्तान बनाइएको छ ।
यस वर्ष भारत क्रिकेट एसिया कपको आयोजक हो । पाकिस्तानले भारतमा खेल्न अस्वीकार गरेपछि यो युएईमा आयोजना हुँदैछ ।
प्रतियोगिता सेप्टेम्बर ९ बाट सुरु हुनेछ । भारतको पहिलो खेल सेप्टेम्बर १० मा युएई विरुद्ध हुनेछ ।











