१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar डडेल्धुरा अस्पताल विकास समिति अध्यक्षमा त्रैलोक्यनाथ पाण्डे नियुक्त News Polar ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका २२३ जनाले पाए रकम News Polar आन्तरिक रोजगारी प्रवर्द्धनमा सरकार–निजी क्षेत्र सहकार्यबारे छलफल News Polar भेरी अस्पताल विकास समितिको अध्यक्षमा लक्ष्मण सिग्देल नियुक्त News Polar सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा मुनकर्ण थापा नियुक्त News Polar चार इन्जिन मर्मतका लागि ८ अर्ब चाहिने भन्दै नेपाल एयरलाइन्सले माग्यो नीतिगत सहजीकरण News Polar राष्ट्रिय ध्वजावाहकलाई ‘लज्जास्पद’ अवस्थामा पुग्न नदिन संरचनागत सुधार आवश्यक : सांसद कार्की News Polar २६ वर्षमा रेमिट्यान्सको पर्याय बन्यो आइएमई : अध्यक्ष ढकाल News Polar उच्च ब्याजदर र जहाज अभावले संकटमा नेपाल एयरलाइन्स News Polar प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयमा २५ जना, को–को छन् सल्लाहकार र कर्मचारी? News Polar कांग्रेस महाधिवेशनको तयारी तीव्र, खुलामञ्चमा मञ्च निर्माण हुँदै- तस्विरसहित News Polar लगानी र व्यवसायमैत्री वातावरण बनाउन २८ कानुन संशोधन गर्न महासंघको सुझाव News Polar गाजामा इजरायली हवाई आक्रमणः चार प्यालेस्टाइनीको मृत्यु, १० घाइते News Polar अफगानिस्तानको इस्लाम काला सीमा नाकामा भीषण आगलागीः १८ वटा इन्धन ट्याङ्कर जलेर नष्ट News Polar निर्माणाधीन ट्रान्समिसन लाइनको अवरोध फुकाउँदै ऊर्जा मन्त्रालय, १२ प्रसारण लाइनको काम यसै वर्ष सकिने News Polar खोप सेवाको सुक्ष्म कार्ययोजना तयार गर्दै काठमाडौँ महानगरपालिका News Polar जुम्लामा एक हजार ४९ क्विन्टल नुन मौज्दात News Polar हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित News Polar गाउँमै रोजगारीको बाटो खोज्दै भोजपुरका युवा News Polar तनहुँमा चैते धान प्रवर्द्धन गरिँदै

कविता – पिजडाभित्रको स्वतन्त्रता ।

कविता – पिजडाभित्रको स्वतन्त्रता ।
अ अ+ अ-

आशाको थुन्सेसँगै थिलथिलो जिन्दगी बोकेर

उक्लिरहेछन् लरखराउँदै मेरा एकजोर खुट्टाहरू

सुस्केरा हाल्दै तिर्खाएरै हो जिन्दगीले

अञ्जुली थापी पिइरहेछन्

एकजोर आँखाबाट बगेका ती गरिबीहरू ।

 

देश भत्काउँदा माटोमा भेटिनू पर्थ्यो

शहीदका आहुतिका टाउकाहरू

काटिएका शहीदका हजारौँ हातहरू

एकचौथाई अपयव चुँडिदा आमाको

सुनिनुपर्थ्यो छातीमा अँगालेर रूईरहेकी

लिपुलेक

लिम्पियाधुरा

र कालापानीका हाँक र क्रन्दनहरू

भेटिनू पर्थ्यो एउटा सत्यनिष्ठा हली

जसले अघाएका एकजोर गोरु नारेर जोतिरहेका

तराई

पहाड् र हिमालहरू ।

 

अझै भेटिनू पर्थ्यो

मजेत्रो च्यातिएझैँ च्यातिएका नेपाल आमाकी सीमाहरू

दशरथ चन्द

धर्मभक्त माथेमा

गंगालाल श्रेष्ठ

र शुक्रराज शास्त्रीहरूसँगै बेपत्ता पारिएका शहीदहरू

अझै खोजिनू पर्थ्यो

आफ्नै देशमा हराएका मदन भण्डारीहरू

लेखिनू पर्थ्यो राष्ट्रवादका कविताहरू

शहीदका रगतका कलमहरूले

गाइनू पर्थ्यो अझै जिबन शर्माका गीतहरू ।

 

तर अहँ,

ब्युँझदै छकोटी आँखाले देखेका सपनाहरू

गर्ल्याम्मै ढले यसरी

जसरी ढले मेरा देशका भीमसेनस्तम्भ

तै पनि होंचो भएन र ढलेन कहिल्यै

मेरो सगरमाथाको त्यो अग्लो स्वाभिमान

ननिभ्यो कहिल्यै मभित्रको देशप्रेमको दियो

नहरायो कहिल्यै मभित्र देश सिउने सियो

अझै म बाँचिरहेछु यसरी

जसरी बाँचिरहेछन् निसासिएर

मुढाले थिचिएका पहेंला निरीह दूबोहरूझैँ ।  

 

ए कानहरू हो १

किन सुन्दैनौ हँ ?

चिहानबाट आएका शहीदहरूका आवाजहरू

ए आँखाहरू हो १

किन देख्दैनौ हँ ?

शहीदहरूका छातीका आलो घाउबाट

बगेका रगतका अरुण र कर्णालीहरू

ए बरफहरू हो !

किन पोल्दैन हँ ?

तिमीहरूका छाती

मेरोझैं स्वाभिमानको आगोले ?

 

उन्मुक्त नभएरै हो बहिरा पर्खालहरूमा

हिर्काइरहेछु म आक्रोशका हतोडाहरूले

हिंजो पनि रेटिएकै हुन् न्यायका घाँटीहरू

आज मेरो पालो रेटिने

तर रेटिने छैनन् कहिल्यै मभित्रको देशप्रेम

हो, निभाइने छ घाम झ्याप्पै म निभेपछि ।

 

साँच्चै भनुँ,

आफ्नै देशमाथिको खुला आकाश पनि

मलाई पिजडाजस्तै लाग्छ

पिजडाभित्रको 

स्वतन्त्रता पनि के को स्वतन्त्रता हो र ?

 

राजबाबु श्रेष्ठ 'सागर'

महोत्तरी, गौशाला न.पा. १