१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar डडेल्धुरा अस्पताल विकास समिति अध्यक्षमा त्रैलोक्यनाथ पाण्डे नियुक्त News Polar ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका २२३ जनाले पाए रकम News Polar आन्तरिक रोजगारी प्रवर्द्धनमा सरकार–निजी क्षेत्र सहकार्यबारे छलफल News Polar भेरी अस्पताल विकास समितिको अध्यक्षमा लक्ष्मण सिग्देल नियुक्त News Polar सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा मुनकर्ण थापा नियुक्त News Polar चार इन्जिन मर्मतका लागि ८ अर्ब चाहिने भन्दै नेपाल एयरलाइन्सले माग्यो नीतिगत सहजीकरण News Polar राष्ट्रिय ध्वजावाहकलाई ‘लज्जास्पद’ अवस्थामा पुग्न नदिन संरचनागत सुधार आवश्यक : सांसद कार्की News Polar २६ वर्षमा रेमिट्यान्सको पर्याय बन्यो आइएमई : अध्यक्ष ढकाल News Polar उच्च ब्याजदर र जहाज अभावले संकटमा नेपाल एयरलाइन्स News Polar प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयमा २५ जना, को–को छन् सल्लाहकार र कर्मचारी? News Polar कांग्रेस महाधिवेशनको तयारी तीव्र, खुलामञ्चमा मञ्च निर्माण हुँदै- तस्विरसहित News Polar लगानी र व्यवसायमैत्री वातावरण बनाउन २८ कानुन संशोधन गर्न महासंघको सुझाव News Polar गाजामा इजरायली हवाई आक्रमणः चार प्यालेस्टाइनीको मृत्यु, १० घाइते News Polar अफगानिस्तानको इस्लाम काला सीमा नाकामा भीषण आगलागीः १८ वटा इन्धन ट्याङ्कर जलेर नष्ट News Polar निर्माणाधीन ट्रान्समिसन लाइनको अवरोध फुकाउँदै ऊर्जा मन्त्रालय, १२ प्रसारण लाइनको काम यसै वर्ष सकिने News Polar खोप सेवाको सुक्ष्म कार्ययोजना तयार गर्दै काठमाडौँ महानगरपालिका News Polar जुम्लामा एक हजार ४९ क्विन्टल नुन मौज्दात News Polar हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित News Polar गाउँमै रोजगारीको बाटो खोज्दै भोजपुरका युवा News Polar तनहुँमा चैते धान प्रवर्द्धन गरिँदै

कोरोनाको शिक्षा, कृषिमा आत्मनिर्भरता

कोरोनाको शिक्षा, कृषिमा आत्मनिर्भरता
अ अ+ अ-

प्रदीप थापा

मानिसमा रहेको इच्छा शक्ति, त्याग र विवेकले नै उसले आज यतिका प्रगति गरेको हो । तर पनि मानवले यो कुरा नकार्नु हुदैनन्थ्यो, कि आज जति प्रगति गरेको छ, सम्पूर्ण प्रकंतिको साथले भएको हो । पहिला पहिला मानवले आफ्नो धर्म नछाडेर विवेक पुर्ण डंगले हरेक प्राणीलाई माया गरेर प्रकृतिको पुजा गरेर प्रकंती प्रेमी मानव जिवन ब्यथित गथ्र्यो ।

आधुनिकताको नाममा आज मानव प्रकृती प्रतिको कर्तव्यबाट भागी रह्यो । तर पनि प्रकृति ले मानवलाई हरेक कुरा दियो । प्रकृतिप्रती मानवको हेला ब्यवहारले हाम्रो बाताबरणमा आएको परिवर्तनले मानिसलाई कहिले बिफोर ,सार्स ,प्लेन त कहिले स्पेनिस फ्लू ले र कहिले इवोलाले सताउदै आज कोरना भाइरस (कोभिड१९) ले बिश्वलाई एकपटक मानव अस्तित्वको प्रश्न्न चिन्ह खडा गर्न बाध्य बनाउदै छ।

आज कोरना भाइरसले लाखौं मानिसलाई मृत्युको शिकार बनायो, करोडौंलाई संक्रमणले सतायो, अर्बौं लाई डर त्रासले तर्साइ रहेको छ। कोरनाले गर्दा बिश्व नै एक भन्ने आधुनिक युगको उपजलाइ खल्लो बनाइदियो। आज यातायातको बन्दले गर्दा आगनले बिदेशी भुमिको झल्को दिइरहेको छ। यससगै कृषि, उद्योग, ब्यापार, पर्यटन, रोजगार र पुर्वाधार सम्पूर्ण क्षेत्रमा आएको बिषम परिस्थितिले बिश्वको अर्थतन्त्रलाई ठुलो धक्का भएसगै, गरिब रास्ट्र देखि धनीरास्ट्रमा समेत असर पर्ने गरि, बिश्व बजारमा करोडौं युवाहरु बेरोजगारको शिकार बन्ने पक्का पक्की जस्तो आकल भएको छ।

बिश्व ब्यापिकरण र बिश्व बजारीकरणले धानेको नेपालको खाद्यान्न ब्यबस्थापन भयावह रूपमा खलबलिने पक्का जस्तै छ। त्यसैत हाम्रो नेपालमा भारतसंगको परनिर्भरले आयात, निर्यात, निकासी पैठारी, बन्द गर्नु पर्ने दिन आएमा नेपालमा भोकमरीको चपेटामा पर्नु बाहेक कुनै बिकल्प रहदैन । नेपालको अर्थतन्त्र अनुदान लोन र रेमिटेन्सले धानेको बेला झनै अर्थतन्त्रमा असर पुग्ने निश्चित नै छ।

अब नेपाललाई फ़ेरि भुकम्पबाट लिनु पर्ने शिक्षा र गर्नु पर्ने प्रगति जति नगरे झै पहिले जस्तै खाली रास्ट्रवादको नारामा बिदेशीको आशमा दिन रात बिताउनु जस्तै अब पनि कोरनाको अन्त्य सगै त्यतिकै मा फालियो भने यो नेपाल र नेपाली जनता लाई ठुलो दुर्भाग्य ब्यहोर्नु पर्छ । त्यसैले गर्दा नेपालमा हाल बिश्व भोकमरी सुचांकमा हाल ७२ औ स्थान मा छ ।११ प्रतिशत बेरोजगार र १८.७ प्रतिशत गरिबी जुन तथ्यांकले देखाएको छ। यसलाई सकारात्मक सुचक तर्फ अगाडी बढाउन अपिरिहार्य देखिन्छ ।

कोरनाबाट नेपाल सरकार र नेपाली जनताले यो शिक्षा लिन भुल्नु हुदैन कि, कृषिमा आत्मनिर्भर बन्ने सुनौलो अबसर हो। यसलाई सहजै स्वीकार गर्दै नजिकै गरेको बजेटमा सरकारले नेपाललाई कृषिमा परनिर्भरको युग त्याग्दै ,आत्मनिर्भरको सुनौलो बिहानी ल्याउन । युवाहरूलाई कृषि क्षेत्रमा गन्तव्य बनाउन सरकारले संघ, प्रदेश र स्थानीय तहबाट नै कृषि क्षेत्रमा आमूल परिवर्तन ल्याउन कोरनासंगै घर आएका हजारौं युवाहरूलाई रोजगार दिन बिदेशीएका नेपाली लाई फर्काउन र बाजो जमीन भुमिको ब्यबस्थापन गर्न आपतकालीन र दीर्घकालीन रणनीति, योजना, र राहत प्याकेज ल्याउनु आवश्यक रहेको छ।

यसले, नेपालीको भन्सामा नेपालीको श्रम, पसिना भएको मह्सुस गराउनु, सिचाइ, बीउ बिजन र औजार आदिको समस्या बाट मुक्त गराउनु, आज नजर सरकारको हुनु पर्दछ । यसले सधै पीडामा रहेका किसान लाई न्याय हुनेछ । यस्तो न्याय सगत काम गर्न, कोरना सगै आएको सुनौलो अबसर, कृषिमा आत्मनिर्भर बन्न दियको शिक्षा लिदै, अब किन युवाहरूलाई कृषिमा प्रतोसाहित नगर्ने, सरकार किन डिला गर्ने ?