२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै झापामा हुरी–वर्षाले २९.९७ हेक्टर केराखेती नष्ट, करिब २ करोड १२ लाख क्षति अनुमान राप्रपामा रहँदाका चार वर्ष मेरो राजनीतिक जीवनकै पीडादायी भएः डा. धवलशमशेर जबरा राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा हामी संसदीय व्यवस्थाका निर्माता हौँ, उपभोग गर्न मात्रै आएका होइनौँः एमाले प्रमुख सचेतक महर ‘डोनाल्ड ट्रम्प’ नाम दिइएको दुर्लभ एल्बिनो भैँसी ढाका चिडियाखानामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोनाको शिक्षा, कृषिमा आत्मनिर्भरता



अ+ अ-

प्रदीप थापा

मानिसमा रहेको इच्छा शक्ति, त्याग र विवेकले नै उसले आज यतिका प्रगति गरेको हो । तर पनि मानवले यो कुरा नकार्नु हुदैनन्थ्यो, कि आज जति प्रगति गरेको छ, सम्पूर्ण प्रकंतिको साथले भएको हो । पहिला पहिला मानवले आफ्नो धर्म नछाडेर विवेक पुर्ण डंगले हरेक प्राणीलाई माया गरेर प्रकृतिको पुजा गरेर प्रकंती प्रेमी मानव जिवन ब्यथित गथ्र्यो ।

आधुनिकताको नाममा आज मानव प्रकृती प्रतिको कर्तव्यबाट भागी रह्यो । तर पनि प्रकृति ले मानवलाई हरेक कुरा दियो । प्रकृतिप्रती मानवको हेला ब्यवहारले हाम्रो बाताबरणमा आएको परिवर्तनले मानिसलाई कहिले बिफोर ,सार्स ,प्लेन त कहिले स्पेनिस फ्लू ले र कहिले इवोलाले सताउदै आज कोरना भाइरस (कोभिड१९) ले बिश्वलाई एकपटक मानव अस्तित्वको प्रश्न्न चिन्ह खडा गर्न बाध्य बनाउदै छ।

आज कोरना भाइरसले लाखौं मानिसलाई मृत्युको शिकार बनायो, करोडौंलाई संक्रमणले सतायो, अर्बौं लाई डर त्रासले तर्साइ रहेको छ। कोरनाले गर्दा बिश्व नै एक भन्ने आधुनिक युगको उपजलाइ खल्लो बनाइदियो। आज यातायातको बन्दले गर्दा आगनले बिदेशी भुमिको झल्को दिइरहेको छ। यससगै कृषि, उद्योग, ब्यापार, पर्यटन, रोजगार र पुर्वाधार सम्पूर्ण क्षेत्रमा आएको बिषम परिस्थितिले बिश्वको अर्थतन्त्रलाई ठुलो धक्का भएसगै, गरिब रास्ट्र देखि धनीरास्ट्रमा समेत असर पर्ने गरि, बिश्व बजारमा करोडौं युवाहरु बेरोजगारको शिकार बन्ने पक्का पक्की जस्तो आकल भएको छ।

बिश्व ब्यापिकरण र बिश्व बजारीकरणले धानेको नेपालको खाद्यान्न ब्यबस्थापन भयावह रूपमा खलबलिने पक्का जस्तै छ। त्यसैत हाम्रो नेपालमा भारतसंगको परनिर्भरले आयात, निर्यात, निकासी पैठारी, बन्द गर्नु पर्ने दिन आएमा नेपालमा भोकमरीको चपेटामा पर्नु बाहेक कुनै बिकल्प रहदैन । नेपालको अर्थतन्त्र अनुदान लोन र रेमिटेन्सले धानेको बेला झनै अर्थतन्त्रमा असर पुग्ने निश्चित नै छ।

अब नेपाललाई फ़ेरि भुकम्पबाट लिनु पर्ने शिक्षा र गर्नु पर्ने प्रगति जति नगरे झै पहिले जस्तै खाली रास्ट्रवादको नारामा बिदेशीको आशमा दिन रात बिताउनु जस्तै अब पनि कोरनाको अन्त्य सगै त्यतिकै मा फालियो भने यो नेपाल र नेपाली जनता लाई ठुलो दुर्भाग्य ब्यहोर्नु पर्छ । त्यसैले गर्दा नेपालमा हाल बिश्व भोकमरी सुचांकमा हाल ७२ औ स्थान मा छ ।११ प्रतिशत बेरोजगार र १८.७ प्रतिशत गरिबी जुन तथ्यांकले देखाएको छ। यसलाई सकारात्मक सुचक तर्फ अगाडी बढाउन अपिरिहार्य देखिन्छ ।

कोरनाबाट नेपाल सरकार र नेपाली जनताले यो शिक्षा लिन भुल्नु हुदैन कि, कृषिमा आत्मनिर्भर बन्ने सुनौलो अबसर हो। यसलाई सहजै स्वीकार गर्दै नजिकै गरेको बजेटमा सरकारले नेपाललाई कृषिमा परनिर्भरको युग त्याग्दै ,आत्मनिर्भरको सुनौलो बिहानी ल्याउन । युवाहरूलाई कृषि क्षेत्रमा गन्तव्य बनाउन सरकारले संघ, प्रदेश र स्थानीय तहबाट नै कृषि क्षेत्रमा आमूल परिवर्तन ल्याउन कोरनासंगै घर आएका हजारौं युवाहरूलाई रोजगार दिन बिदेशीएका नेपाली लाई फर्काउन र बाजो जमीन भुमिको ब्यबस्थापन गर्न आपतकालीन र दीर्घकालीन रणनीति, योजना, र राहत प्याकेज ल्याउनु आवश्यक रहेको छ।

यसले, नेपालीको भन्सामा नेपालीको श्रम, पसिना भएको मह्सुस गराउनु, सिचाइ, बीउ बिजन र औजार आदिको समस्या बाट मुक्त गराउनु, आज नजर सरकारको हुनु पर्दछ । यसले सधै पीडामा रहेका किसान लाई न्याय हुनेछ । यस्तो न्याय सगत काम गर्न, कोरना सगै आएको सुनौलो अबसर, कृषिमा आत्मनिर्भर बन्न दियको शिक्षा लिदै, अब किन युवाहरूलाई कृषिमा प्रतोसाहित नगर्ने, सरकार किन डिला गर्ने ? 




भर्खरै