२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

सामसुङले ल्यायाे क्वान्टम ५जी स्मार्टफाेन



अ+ अ-

सियाेलः दक्षिण काेरियाकाे स्मार्टफाेन निर्माता कम्पनी सामसुङले ५जी स्मार्टफोन लन्च गरेकाे छ । यसमा क्वान्टम प्रविधि प्रयाेग गरिएकाे कम्पनीले जनाएकाे छ । विश्वमा यस्ताे प्रविधि प्रयाेग गर्ने सामसुङ पहिलाे कम्पनी रहेकाे दाबी गरिएकाे छ ।

यस नयाँ माेबाइलकाे नाम Samsung Galaxy A Quantum राखिएकाे छ । याे फाेनका लागि विशेष  Quantum Random Number Generator (QRNG) चिपसेट चाहिन्छ । यस चिपसेटमा LED र CMOS का इमेज सेन्सर दिइएकाे छ ।

फोनमा प्रयाेग गरिएकाे QRNG चिप वास्तवमा SKT IDQ S2Q000 हाे र यसकाे मदतले फोनमा धेरै किसिमका सुरक्षा साँचाे (की) बनाउन सकिन्छ जसका कारण प्रयाेगकर्ताका संवेदनशील डाटालाइ सुरक्षित गर्न सकिन्छ । गाेपनीयता संरक्षणमा पनि याे डिभाइस निकै प्रभावी मानिएकाे छ । 

मूल्य कति छ ?

Galaxy A Quantum मा 64 मेगापिक्सेल काे प्राइमरी, 12 मेगापिक्सेलकाे अल्ट्रा-वाइड, 5 मेगापिक्सेलकाे डेप्थ तथा माइक्राे सेंसर रियर प्यानल छ । 8 जीबी राम र 128 जीबी स्टोरेज भएकाे यस फाेनकाे मूल्य ६,४९,००० कोरियन मुद्रा (करीब ६५ हजार नेपाली रूपैयाँ) राखिएकाे छ । याे मूल्य प्रचलित कर र अन्य लागत बाहेककाे हाे ।  (एजेन्सी)