२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

सामसुङले ल्यायाे क्वान्टम ५जी स्मार्टफाेन



अ+ अ-

सियाेलः दक्षिण काेरियाकाे स्मार्टफाेन निर्माता कम्पनी सामसुङले ५जी स्मार्टफोन लन्च गरेकाे छ । यसमा क्वान्टम प्रविधि प्रयाेग गरिएकाे कम्पनीले जनाएकाे छ । विश्वमा यस्ताे प्रविधि प्रयाेग गर्ने सामसुङ पहिलाे कम्पनी रहेकाे दाबी गरिएकाे छ ।

यस नयाँ माेबाइलकाे नाम Samsung Galaxy A Quantum राखिएकाे छ । याे फाेनका लागि विशेष  Quantum Random Number Generator (QRNG) चिपसेट चाहिन्छ । यस चिपसेटमा LED र CMOS का इमेज सेन्सर दिइएकाे छ ।

फोनमा प्रयाेग गरिएकाे QRNG चिप वास्तवमा SKT IDQ S2Q000 हाे र यसकाे मदतले फोनमा धेरै किसिमका सुरक्षा साँचाे (की) बनाउन सकिन्छ जसका कारण प्रयाेगकर्ताका संवेदनशील डाटालाइ सुरक्षित गर्न सकिन्छ । गाेपनीयता संरक्षणमा पनि याे डिभाइस निकै प्रभावी मानिएकाे छ । 

मूल्य कति छ ?

Galaxy A Quantum मा 64 मेगापिक्सेल काे प्राइमरी, 12 मेगापिक्सेलकाे अल्ट्रा-वाइड, 5 मेगापिक्सेलकाे डेप्थ तथा माइक्राे सेंसर रियर प्यानल छ । 8 जीबी राम र 128 जीबी स्टोरेज भएकाे यस फाेनकाे मूल्य ६,४९,००० कोरियन मुद्रा (करीब ६५ हजार नेपाली रूपैयाँ) राखिएकाे छ । याे मूल्य प्रचलित कर र अन्य लागत बाहेककाे हाे ।  (एजेन्सी)

 




भर्खरै