२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

यिनै हुन् नागढुंगामा स्वास्थकर्मीमाथि दुर्व्यवहार गर्ने कार्की, गृहकै निर्देशनमा परे पक्राउ



अ+ अ-

काठमाडौं । नागढुंगामा स्वास्थकर्मी नारायण कार्कीमाथि दुर्व्यवहार गर्ने युवक उत्तम कार्की पक्राउ परेका छन्।  कार्कीलाई चन्द्रागिरीबाट महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको  हो । 

बाग्मती प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक नारायण कार्कीमाथि  राजधानी प्रबेश गर्ने क्रममा उत्तमले दुव्यर्वहार  गरेको भिडियो समाजिक संञ्जालमा भाईरल बनेको थियो । गएको  शुक्रबार काठमाडौं आएका कार्कीको गाडी रोकेर नागढुंगामा उत्तमले  खानतलासी गर्नुका साथैं दुव्यर्वहार समेत गरेको र ती दृश्य फेसबुकम मार्फत लाईभ गरेका थिए । उनको त्यसक कार्यको चौतर्फी बिरोध भएको थियो । 

बिराधे पछि  स्वयंसेवाको नाममा कसैलाई पनि खानतलासीको अधिकार र दुर्व्यवहार गर्ने अधिकार नभएको भन्दै गृहमन्त्रालयले कारबाही गर्ने जनाएको थियो ।  गृहकै निर्देशनमा पक्राउ गरिएको काठमाण्डौ प्रहरीले जनाएको छ ।