काठमाडौं । नागढुंगामा स्वास्थकर्मी नारायण कार्कीमाथि दुर्व्यवहार गर्ने युवक उत्तम कार्की पक्राउ परेका छन्। कार्कीलाई चन्द्रागिरीबाट महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो ।
बाग्मती प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक नारायण कार्कीमाथि राजधानी प्रबेश गर्ने क्रममा उत्तमले दुव्यर्वहार गरेको भिडियो समाजिक संञ्जालमा भाईरल बनेको थियो । गएको शुक्रबार काठमाडौं आएका कार्कीको गाडी रोकेर नागढुंगामा उत्तमले खानतलासी गर्नुका साथैं दुव्यर्वहार समेत गरेको र ती दृश्य फेसबुकम मार्फत लाईभ गरेका थिए । उनको त्यसक कार्यको चौतर्फी बिरोध भएको थियो ।
बिराधे पछि स्वयंसेवाको नाममा कसैलाई पनि खानतलासीको अधिकार र दुर्व्यवहार गर्ने अधिकार नभएको भन्दै गृहमन्त्रालयले कारबाही गर्ने जनाएको थियो । गृहकै निर्देशनमा पक्राउ गरिएको काठमाण्डौ प्रहरीले जनाएको छ ।