• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo
Latest
★   सहकारी ठगी छानबिन : क्षेत्राधिकारमा सहमति जुटाउन कार्यदलको कसरत ★   ट्राफिक प्रहरीको हत्या आरोपमा ६ जना पक्राउ ★   नि:शुल्क आँखा शिविरबाट दुई सय बढी लाभान्वित ★   कञ्चनपुरको वनहरा नदीमा पक्की पुल निर्माण हुँदै ★   नवलपुर उद्योग वाणिज्य सङ्घमा सापकोटा निर्वाचित ★   दोदा बगरमा सागसब्जी : आकर्षक आम्दानी गर्दै पाँच सय किसान ★   अन्तर्राष्ट्रिय ट्राभल फेयर : नेपाल पर्यटन बोर्डलाई ‘मस्ट पपुलर कल्चरल टुरिजम डेस्टिनेसन अवार्ड ★   प्रतिनिधिसभा बैठक आज बस्दै, के छ कार्यसूची ? ★   सहकारी ठगी छानबिन समितिको क्षेत्राधिकारमा सहमति जुटाउन कार्यदलको बैठक बस्दै ★   एक खेल पनि नहारी बुन्डेसलिगा लिग जित्यो लिभरकुसेनले

जेठ ५ कृष्ण एकादशी, कस्तो बित्नेछ तपाईको दिन ? हेर्नुहोस् आजको राशिफल



मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ): नजिकका व्यक्तिबाट कार्यमा बाधा आउनेछ । झुटा आरोप आईपर्दा समस्या खेप्नुपर्ला । सोचेजस्तो लाभ हासिल गर्न केही समय कुर्नुपर्नेछ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा ): लाभ,हानी,आय,व्यय,सुख,दुख वरावरी मध्यम खालको समय छ । मेहनतीहरूका लागि दिन फलदायी नै रहनेछ । शुभकार्यको चर्चा चल्नेछ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे ): रचनात्मक कार्यबाट अरुको मनजित्न सकिनेछ । नयाँ कार्य वा रोजगारको योजना बन्नेछ । कृषि क्षेत्रमा प्रगति होला ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते ): बन्धु बान्धवबाट सहयोग मिल्नेछ । राजनीतिक कार्यमा सफलता मिल्ला । सामाजिक कार्य अघी बढ्नेछ । स्वास्थ्यमा सुधार आउला ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ): सोचेजस्तो लाभ हासिल गर्न केही समय कुर्नुपर्नेछ । घरायसी व्यवहारबाट टाढै बस्नु होला । सवारी चलाउँदा सचेत रहनुहोला ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा ): आज आफन्त संगको सम्बन्धमा मजबुती आउनेछ । सेवामूलक कामको थालनी हुनसक्छ । शुभकार्यको चर्चापनि रहला ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ): सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ मिल्दै जानेछ । प्रेममा सफलता पाईनेछ । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो ): मनमा शान्ति छाउनेछ । परिवारसंग रमाइलो भेटघाट हुनेछ । प्रेममा मधुरता छाउला । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो ): दान–पुण्यजस्ता कार्यमा सहभागी भइनेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । आत्मिक सन्तुष्टि मिल्नेछ ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु ): आज श्रमको उचित मूल्याङ्कन होला । धर्म तथा समाजसेवामा मन लाग्नेछ । स्वास्थ्य व्यवसायमा सफलता मिल्नेछ ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि ): आज आफ्नो वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । कला र गलाको प्रभाव बढ्नेछ । जोश जाँगर र हिम्मतपनि बढ्ला ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि ): आफन्तको प्रगतिमा मन रमाउनेछ । विशिष्ट व्यक्तिबाट पुरस्कार तथा हौसला प्राप्त हुनेछ । आर्थिक क्षेत्रमा सोचेजस्तो लाभ लिन नमिल्ला । हाम्रो पात्रो