५ पुष २०८२, शनिबार
,
Latest
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकन आइडलको टप पाँचमा दिवेश पोखरेल, को बन्ला यो वर्षको अमेरिकन आईडल? हेर्नुहोस् लाईभ (लिङ्कसहित)



अ+ अ-

वासिङ्टन डिसी । नेपाली युवा गायक दिवेश पोखरेल आर्थर गन अमेरिकन आइडलको टप ५ मा पुगेका छन् । आजको एपिसोडमै अमेरिकन आइडलको विजेताको घोषणा हुनेछ । यी टप ५ प्रतिस्पर्धीहरुले आजको एपिसोडमा २–२ गीत गाउनेछन् । एउटा नयाँ ट्युन हुनेछ र अर्को यही सिजनको अगाडिका एपिसोडबाट लिइनेछ । यसैको आधारमा उपाधि विजेताको छिनोफानो हुनेछ ।
आजको एपिसोडको सुरुवातमै टप ५ को घोषणा गरिएको हो ।

अघिल्लो साता दिवेश पोखरेल – आर्थर गन, जस्ट साम, जोनी वेष्ट, डिलोन जेम्स, फ्रान्सिस्को मार्टिन, जुलिया गार्गानो र लुइस नाइट टप ७ मा पुगेका थिए। गत हप्ता टप ७ मा पुगेसँगै ७ जना प्रतिस्पर्धीहरुले दिएको प्रस्तुतिका लागि भोटिङ सुरु भएको थियो । सोही भोटका आधारमा दिवेश टप ५ मा पुगेका हुन् ।

अमेरिकाको चर्चित अवार्ड पूर्वानुमान वेबसाइट गोल्ड डर्बीले यसअघि नै आर्थर गनलाई उपाधिका मुख्य दाबेदार भनिसकेको छ । दिवेश पोखरेल सन् २०१४ मा उच्च अध्ययनका लागि काठमाडौंबाट अमेरिका पुगेका थिए । आफ्नी दिदीसँगै अमेरिकाको क्यान्सस राज्यको विचिटा पुगेका दिवेशले संगीतलाई गम्भीरतापूर्वक लिन थालेको दुई वर्षमात्र भयो ।

अडिसनमा दिवेशले क्रिडेन्स क्लियरवाटर रिभाइभ्डको ‘ह्याभ यु इभर सीन द रेन‘’ गाएका थिए । उनले पछि अर्को शोमा पनि यही गीत वास्तविक संगीत र लयमा केही परिमार्जन गरेर गायका थिए । 

http://ufreetv.com/1abc.html?fbclid=IwAR0IB0GyLS3p2hhkOrq0ptXm_p2_SJeDJNAVRpHwj-F1P09SSAC4wMiS-XI