२९ भाद्र २०८३, सोमबार
,
Latest
ट्रम्प प्रशासनद्वारा विद्युत् केन्द्रका कार्बन उत्सर्जन सीमा खारेज गर्ने तयारी उत्तर कोरियाद्वारा सैन्य शक्ति प्रदर्शनको दाबी बाढीपीडितलाई सहयोग गर्ने सन्देशसहित सांस्कृतिक कार्यक्रम भानुआटुमा डुङ्गा दुर्घटनामा ३० भन्दा बढी बेपत्ता संगीत रत्न शम्भुजीत बासकोटा ‘एसियन प्रोफेसनल एचिभमेन्ट अवार्ड–२०२६’बाट सम्मानित भक्तपुरमा केदारनाथ मन्दिर खुलाः साँझ महाआरती गरिँदै संक्रामक पशुरोग नियन्त्रणका लागि नयाँ कोष बनाउने सरकारको नीति छैन : कृषिमन्त्री चौधरी स्याङ्जामा घाँस काट्ने क्रममा भिरबाट लडेर महिलाको मृत्यु संक्रामक पशु रोगबाट प्रभावित किसानलाई क्षतिपूर्ति दिन छुट्टै कोष बनाउन सांसदहरूको माग ‘भोटेकोशी बाढी सामान्य विपद् होइन, संरचनात्मक मानवीय सङ्कट हो’
तपाईं के खोज्दै हुनुहुन्छ ?

२०४६ सालपछिका सबै उच्च पदस्थ कर्मचारी र नेताहरुको सम्पत्ति छानबिन गरौ : लिङ्देन



अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद राजेन्द्र प्रसाद लिङ्देनले मान्छेको ज्यान गएपछि मात्रै कोरोना संक्रमण पुष्टि हुनु दुःखद भएको बताउनुभएको छ । नेपालमा अहिलेमा २ जनाले कोरोनाका कारण ज्यान गुमाएको उल्लेख गर्दै उहाँले ज्यान गएपछि मात्रै स्वास्थ्य परीक्षण गर्नु र कोरोना पुष्टि हुनु दुःखद भएको बताउनुभो । भारत लगायत विभिन्न मुलुकमा रहेका नेपालीहरु उद्धारका लागि याचना गरिरहेपनि सरकारले अहिलेसम्म कुनै योजना अघि नसारेको उहाँले बताउनुभयो ।

नेपाली अतिक्रमित भूमि समेटेर नक्सा सार्वजनिक गर्ने विषयको स्वागत गर्दै उहाँले आफ्नो देशको नक्सा सार्वजनिक गर्न चीन वा भारतलाई सोध्नुपर्छ भनने पराधिन मानसिकता भएको बताउनुभयो ।

सांसद लिङ्देनले २०४६ सालपछिका सबै उच्च पदस्थ कर्मचारी र नेताहरुको सम्पत्ति छानबिन गर्ने प्रतिवद्धता नीति तथा कार्यक्रममै समावेश गर्न आग्रह गनुृभयो । अनुत्पादक र फजुल खर्च नियन्त्रण गर्ने तर्फ सरकारको ध्यान जान नसकेको उल्लेख गर्दैै लिङदेनले बालविकास शिक्षक र विद्यालय कर्मचारीको सेवा सुविधालाई बजेटमा समावेश गर्न आग्रह गर्नुभयो ।