२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाँकेको नरैनापुरमा कोरोनाका कारण मृत्यु भएका युवकको शव डोजरले पुरियो



अ+ अ-

काठमाडौं । कोरोना भाइरसबाट  मृत्यु भएका  बाँकेको नरैनापुर गाउँपालिका-५ नयाँबस्तीका २५ वर्षीय युवकको शव डोजरले खाल्टो खनेर परिएको छ । 

आइतबार बिहान निधन भएपछि शव कसरी व्यवस्थापन गर्ने भन्ने  अन्योलका बिच आज राप्ती किनारमा नेपाली सेना, सशस्त्र प्रहरी, स्वास्थ्यकर्मी हरुले टोलीले लगि डोजरले खाल्टो खनेर परिएको हो ।

शव व्यवस्थापन गर्न गएका नेपाली सेना, सशस्त्र प्रहरी, स्वास्थ्यकर्मी सबैले पिपिईलगायत सुरक्षित स्वास्थ्य सामग्री लगाएका थिए। क्वारेन्टिन स्थल भगवानपुर देखी राप्ती नदीको किनार सम्म शबलाई डाजरले नै लगेको थियो । 

क्वारेन्टिनबाट दक्षिणतर्फको केही टाडाको भू भागमा शव गाड्न खोजिए पनि स्थानीय बासिन्दाले बिरोध जनाएपछि  राप्ती नदीको किनारमा लगेर शव गाडिएको नरैनापुर गाउँपालिका ५ का वडाध्यक्ष कृष्णचन्द्र मौर्यले जानकारी दिनुभयो ।

डोजरले  पहिला खाल्टो खनेर ठिक्क पारेपछि साही डोजरले बकेटममा बोकेर लगि खाल्टोमा हालेर पुरेको थियो । शव उठाउनुभन्दा पहिला नै नरैनापुर गाउँपालिका ५ दीपेन्द्र प्रावि भगवानपुरको क्वारेन्टिन पुरै खाली गराईएको थियो ।