२९ भाद्र २०८३, सोमबार
,
Latest
ट्रम्प प्रशासनद्वारा विद्युत् केन्द्रका कार्बन उत्सर्जन सीमा खारेज गर्ने तयारी उत्तर कोरियाद्वारा सैन्य शक्ति प्रदर्शनको दाबी बाढीपीडितलाई सहयोग गर्ने सन्देशसहित सांस्कृतिक कार्यक्रम भानुआटुमा डुङ्गा दुर्घटनामा ३० भन्दा बढी बेपत्ता संगीत रत्न शम्भुजीत बासकोटा ‘एसियन प्रोफेसनल एचिभमेन्ट अवार्ड–२०२६’बाट सम्मानित भक्तपुरमा केदारनाथ मन्दिर खुलाः साँझ महाआरती गरिँदै संक्रामक पशुरोग नियन्त्रणका लागि नयाँ कोष बनाउने सरकारको नीति छैन : कृषिमन्त्री चौधरी स्याङ्जामा घाँस काट्ने क्रममा भिरबाट लडेर महिलाको मृत्यु संक्रामक पशु रोगबाट प्रभावित किसानलाई क्षतिपूर्ति दिन छुट्टै कोष बनाउन सांसदहरूको माग ‘भोटेकोशी बाढी सामान्य विपद् होइन, संरचनात्मक मानवीय सङ्कट हो’
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाँकेको नरैनापुरमा कोरोनाका कारण मृत्यु भएका युवकको शव डोजरले पुरियो



अ+ अ-

काठमाडौं । कोरोना भाइरसबाट  मृत्यु भएका  बाँकेको नरैनापुर गाउँपालिका-५ नयाँबस्तीका २५ वर्षीय युवकको शव डोजरले खाल्टो खनेर परिएको छ । 

आइतबार बिहान निधन भएपछि शव कसरी व्यवस्थापन गर्ने भन्ने  अन्योलका बिच आज राप्ती किनारमा नेपाली सेना, सशस्त्र प्रहरी, स्वास्थ्यकर्मी हरुले टोलीले लगि डोजरले खाल्टो खनेर परिएको हो ।

शव व्यवस्थापन गर्न गएका नेपाली सेना, सशस्त्र प्रहरी, स्वास्थ्यकर्मी सबैले पिपिईलगायत सुरक्षित स्वास्थ्य सामग्री लगाएका थिए। क्वारेन्टिन स्थल भगवानपुर देखी राप्ती नदीको किनार सम्म शबलाई डाजरले नै लगेको थियो । 

क्वारेन्टिनबाट दक्षिणतर्फको केही टाडाको भू भागमा शव गाड्न खोजिए पनि स्थानीय बासिन्दाले बिरोध जनाएपछि  राप्ती नदीको किनारमा लगेर शव गाडिएको नरैनापुर गाउँपालिका ५ का वडाध्यक्ष कृष्णचन्द्र मौर्यले जानकारी दिनुभयो ।

डोजरले  पहिला खाल्टो खनेर ठिक्क पारेपछि साही डोजरले बकेटममा बोकेर लगि खाल्टोमा हालेर पुरेको थियो । शव उठाउनुभन्दा पहिला नै नरैनापुर गाउँपालिका ५ दीपेन्द्र प्रावि भगवानपुरको क्वारेन्टिन पुरै खाली गराईएको थियो ।