२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारको नीति तथा कार्यक्रम बहुमतबाट पारित



अ+ अ-

काठमाडौँ । नेपाल सरकारको नीति तथा कार्यक्रम बहुमतबाट पारित भएको छ । प्रतिनिधि सभाको आजको बैठकले नीति तथा कार्यक्रम बहुमतबाट पारित भएको हो । संसदमा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको प्रधानमन्त्री केपी ओलीले आज जवाफ दिएका थिए । प्रधानमन्त्री ओलीले त्यस क्रममा सरकारको यस नीति तथा कार्यक्रमलाई पारित गरिदिन आग्रह पनि गरेका थिए ।

तर विपक्षी दल काँग्रेसहितले सो नीति कार्यक्रममा संशोधन हालेका र त्यसको विपक्षमा रहेकाले यो नीति तथा कार्यक्रम सर्वसम्मतिबाट भने पारित हुन सकेन । नीति तथा कार्यक्रममाथिको संशोधन प्रस्तावहरु सांसदले फिर्ता नलिएपछि सभामुखले नीति तथा कार्यक्रम पारित गर्नका लागि संसदमा निर्णयार्थ प्रस्तुत गरेका थिए । उक्त प्रस्तावमाथिको मतदानमा नीति तथा कार्यक्रम बहुमतबाट पारित भएको हो ।