२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भक्तपुरको ल्योसिखेल सिल गरियो



अ+ अ-

काठमाडौं । भक्तपुरका ४२ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएपछि भक्तपुर नगरपालिका–५, ल्योसिखेललाई सिल गरिएको छ । आउजाउ गर्ने बाटोमा बाँसको तगारो लगाएर बन्द गरिएको छ ।

सो क्षेत्रमा दुई जना प्रहरी पनि तैनाथ गरिएको छ । बाहिरका मानिसहरुलाई सो क्षेत्रमा आउन रोक समेत लगाइएको छ ।

संक्रमित व्यक्ति काठमाडौं महानगरपालिकाका गाडी चालक रहेको भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिले जानकारी दिए । उनलाई राति नै अस्पताल लगिएको र परिवारका सदस्य तथा उनको सम्पर्कमा आएकाहरुको कोरोना परीक्षणको तयारी भइरहेको मेयर प्रजापतिले बताए ।