२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले जेठ मसान्तसम्म हवाइ उडान तथा सीमा नाका बन्द गर्ने



अ+ अ-

काठमाडौं । सरकारले आन्तरिक तथा वाह्य हवाइ उडान जेठ मसान्तसम्म लम्ब्याउने निर्णय गरेको छ । बुधबार बसेको कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले हवाइ उडानसंगै सीमा नाका पनि जेठ मसान्तसम्म बन्द गर्ने निर्णय गरेको हो। 

मंगलबार बसेको बैठकले सो निर्णय गरेको प्रधानमन्त्री कार्यालयका सचिव नारायणप्रसाद विडारीले जानकारी दिएका छन्।

यसअघि जेठ १८ सम्म उडान तथा सीमा नाका बन्द गर्ने निर्णय भएको थियो।