२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

वृद्धभत्ता लिन जाँदा मृत्यु



symbolic picture
अ+ अ-

धादिङ । गङ्गाजमुना गाउँपालिकाका एक वृद्ध सामाजिक सुरक्षा भत्ता लिन जाँदा बैंकमा बेहोश भएर मृत्यु भएको छ । गङ्गाजमुना–४ ठकुरीडाँडाका दमको रोगी ८३ वर्षीय रामबहादुर गुरुङ वृद्धभत्ता झिक्न जाँदा फूलखर्कमा रहेको एसबीआई बैंकमा बेहोश भई ढलेका थिए ।

बैंकमा लाम बसेका वृद्धको उपचारका लागि लाँदै गर्दा मृत्यु भएको गाउँपालिका स्वास्थ्य संयोजक दीपक अधिकारीले जानकारी दिए ।