२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कालिमाटी, बल्खु बजारबाट फलफूल र तरकारी ल्याउन निषेध



अ+ अ-

ललितपुर ।  गोदावरी नगरपालिका क्षेत्रमा कालिमाटी, बल्खु र बानेश्वरका बजारबाट फलफूल तथा तरकारी आयात गर्न निषेध गरिएको छ ।

कोरोना भाइरसको जोखिम हुन नदिन नगरपालिकाले उक्त तीन स्थानका फलफूल तथा तरकारी प्रयोग नगर्न नगरवासीलाई आग्रह गरेको हो ।
 
नगरप्रमुख गजेन्द्र महर्जनद्वारा जारी गर्नुभएको सूचनामा कालिमाटी, बल्खु र बानेश्वरबाट आउने फलफूल तथा तरकारी ल्याइ व्यापारीले बिक्री वितरण गरेको पाइएमा कडाभन्दा कडा कारवाही गरिने उल्लेख गरिएको छ । यसैगरी सूचनामा नगरपालिकाका सबै वडामा अत्यावश्यक खाद्यवस्तु बिक्री वितरणका लागि बिहान ५ देखि ११ बजेसम्मका लागि मात्र पसल खुला गर्नसमेत व्यवसायीमा अपिल गरिएको छ ।