काठमाडौं । कोरोना महामारीको प्रकोपका बीच चीनबाट एक सुखद खबर बाहिरिएको छ । चिनियाँ वैज्ञानिकहरुबाट बाहिरिएको खबरमा कोरोनाको औषधी भेटिएको दाबी छ । वैज्ञानिकहरुले कोरोनाविरुद्व औषधीबाट नै उपचार गर्न सक्ने दाबी गरेका छन् ।
यदि वैज्ञानिकहरुको दाबी सहि भएमा भ्याक्सिनको पर्खाइमा बसेको विश्वलाई नै मुक्ति मिल्नेछ । जनाइएअनुसार चीनको प्रतिष्ठित पेकिंग यूनिभर्सिटीमा वेज्ञानिकहरुको टीमले औषधीको परीक्षण गरिरहेको छ ।
वैज्ञानिकहरुले बताएअनुसार परिक्षण गरिएको औषधीबाट कोरोना संक्रमितहरुको चाँडै नै निको हुनेछ र औषधीले छोटो अवधिमै भाइरसविरुद्व शरिरमा प्रतिरक्षा कायम गर्नेछ । यूनिभर्सिटीका निर्देशक सुन्ने शीले बताएअनुसार जनावरमा परिक्षण गरिएको यस औषधीले निकै छोटो समयमा प्रभाव देखाएको थियो । औषधी जनावरमा सफल भएको छ ।
मुसोमा सफल प्रयोग
यूनिभर्सिटीका निर्देशक सुन्ने शीले बताएअनुसार कोरोना संक्रमित मुसामा औषधीलाई प्रयोग गर्दा पाँच दिनमै भाइरस शुन्य स्थितिमा देखिएको थियो । यसको अर्थ औषधीले राम्रो प्रभाव देखाएको छ । यस औषधीले कोशिकालाई संक्रमित हुनबाट जोगाउन मानव शरिरमा प्रतिरक्षा प्रणालीद्वारा तयार गरिएको न्यूट्लाइजिंग एन्टीबडीको प्रयोग गर्दछ ।
औषधी बनाउन वैज्ञानिकहरुको अत्यन्तै मेहनेत
शीको टीमद्वारा गरिएको यस अध्ययनबारे आइतबार साइन्टिफिक जर्नलमा लेख प्रकाशित गरिएको छ । जसमा एन्टीबडिको उपयोग गरेर कोरोना भाइरसको सम्भावित उपचार हुन सक्ने र साथै यसबाट बिरामी ठीक हुने अवधि पनि कम हुनसक्ने बताइएको छ । निर्देशक सुन्नेले जनाउअनुसार उनको टिम एन्टीबडि उत्पादनको लागि रात दिन काम गरिरहेको छ ।
शीले जनाएअनुसार वैज्ञानिकहरुको अध्ययन इम्यूनोलजी वा भाइरोलजीभन्दा एकल सेल जीनोमिस्कमा आधारित छ । एकल सेल जीनोमिक्सले एन्टिबडीलाई प्रभावकारी रुपमा काम गर्न सक्छ ।
वर्षको अन्त्यसम्म औषधी तयार हुने
निर्देशक शीले बताएअनुसार कोरोनाविरुद्वको औषधी बनाउन अझै केहि महिना लाग्नेछ । उनका अनुसार वर्षको अन्तिमसम्म कोरोनाको औषधी तयार हुनेछ । अहिले क्लीनिकल ट्रायलमाथि काम भईरहेको छ । यसको प्रयोग अष्ट्रेलिया वा अन्य देशमा हुनसक्नेछ । किनकी चीनमा संक्रमणको अवस्थामा कमी आईसकेको छ । एजेन्सीबाट