२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपत्यका शिल गर्ने गृहको निर्णय, अत्याबश्यक कामले आउनु परे आरडीटी रिपोर्ट ल्याउनुपर्ने



अ+ अ-

काठमाडौं । काठमाडौँ उपत्यका प्रवेशका सबै नाकाहरु अत्यावश्यक प्रयोजन बाहेक पूर्णरुपमा सिल गर्ने निर्णय गृहमन्त्रालयले  गरेको छ । उपत्यकाका जनप्रतिनिधिहरु संगको छलफल पछि  गृहमन्त्रालयले उपत्यका लाई पूर्णरुपमा सिल गर्ने निर्णय गरेको हो ।  साथै  लुकिछिपी हुने प्रवेशलाई समेत पूर्ण रुपमा रोक्न सरोकारवाला निकायलाई गृहमन्त्रालयले निर्देशन दिएको छ ।  

लकडाउन अवधिभर अत्यावश्यक बाहेकका काममा उपत्यका प्रवेशमा निषेध गरिने हुदा यस निर्णयलाई कार्यन्वयन गर्न निर्देशन दिईएको गृहमन्त्रालयको बिज्ञप्तिमा उल्लेख छ ।  यस अघि जेठ १ गते  गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा बसेको बैठकमा उपत्यका नगरपालिका फोरमका पदाधिकारी, उपत्यकाको नाकासँग जोडिएका स्थानीय तहका प्रमुख/उपप्रमुख, उपत्यकाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुख सहभागी बैठकमा उपत्यकालाई सिल गर्ने बारेमा छलफल भएको थियो ।  बिचको केही समय खुकुलो हुदा जोखिम बढेको भन्दै  गहृमले नाकामा कडाई गर्न निर्देशन दिएको हो ।  

यसैगरी  काठमाडौँ उपत्यकाका सबै स्थानीय तहरुले स्थानीय प्रशासनसँग समन्वय गरी आ–आफ्नो क्षेत्रमा रहेका होटल, पार्टी प्यालेस, सामूदायिक भवन र अन्य संभाव्य स्थलहरुलाई क्वारेन्टायन बस्ने व्यक्ति स्वयंमले क्वारेनटाइन खर्च भुक्तानी गर्ने गरी  तयार गर्ने भएको छ । साथै  काठमाडौँ उपत्यकामा अत्यावश्यक काममा प्रवेश गर्नुपर्ने कुनै व्यक्तिले उपत्यका प्रवेश पूर्व नै स्वयं आफनो खर्चमा उपलब्ध भएसम्म आरडीटी परीक्षण गरी सो को रिपोर्ट साथ काठमाडौँ उपत्यका प्रवेशका लागि आग्रह गर्न सकिन पनि बैठकले निर्णय गरेके छ । साथै बैठकले काठमाण्डौ उपत्यका आउने सबारी साधनहरुलई पहिलो गन्तब्यमा नै  निगरानी गर्ने , रोक्ने  काम गर्न पनि निर्देशन दिएको छ ।  

गृहमन्त्रालयले राहतका नाममा  स्थानीय संघसंस्था/क्लबहरुले गरिरहेको राहत वितरण र खाना वितरण भएको क्षत्रेमा  भिडभाड  बढेकोभ भन्दै  यस्ता कार्यमा स्बास्थ्थ सजकता अपनाउन र  पनि निर्देशन दिएको छ । बढ्न गई जोखिम बढाएकोले उक्त कार्य स्थानीय तहसँग समन्वय नभएमा रोक्ने र समन्वय गरी स्वास्थ्य सम्वन्धी प्रोटोकल पालना गरी वितरण गर्ने पनि उल्लेख छ ।