२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

लकडाउनको ५९ औं दिन जारि रहदा काठमाडौंका सडकमा जे देखियो, हेरौ यी तस्विरहरु



अ+ अ-

काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को संक्रमण न्यूनिकरणका लागि सरकारले जारी गरेको लक डाउनको ५९ दिन पुगेको छ । 

गत चैत ११ गतेबाट जारी गरिएको लक डाउन पटक पटक समय थप गर्दै जेठ २० गतेसम्म पुर्याइएको छ । लक डाउनपछि अत्यावश्यक सेवाका सवारी र पासबाहक सवारी मात्रै सञ्चालनमा रहेका छन् । पछिल्लो समय संक्रमितको संख्या बढ्दै गएपछि सरकारले पास वितरणमा पनि कडाई गरेको छ । अहिले लक डाउनको समयमा एक जिल्लाबाट अर्को जिल्लामा जान नपाइने नियम पनि लागु गरिएको छ । 

उपत्यकामा संक्रमण देखिन थालेपछि भित्रि गल्लिहरुमा स्थानीयले प्रवेश निषेध गरेका छन् । यद्यपी धेरै ठाउँमा खाद्यन्न र तरकारी पसलहरु भने सञ्चालनमा रहेका छन् । प्रहरीले अनावश्यक रुपमा हिडडुल गर्नेलाई कारवाही गर्ने गरेको छ । केही दिनअघि अत्यावश्यक सेवा र बैंकिङ क्षेत्रहरु र उद्योगहरु सञ्चालन गर्ने निर्णय सरकारले गरेपनि संक्रमितको संख्या बढ्दै गएपछि पुनः लक डाउन कडा पारिएको हो । 

तस्विर : सविन धमाला