२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल प्रति भारतीय दुष्प्रचारको राप्रपा युवा संगठनद्वारा भत्सर्ना



अ+ अ-

काठमाडौं । राप्रपा युवा संगठनले नेपालको अखण्डता विरुद्धको भारतीय मिडियाले गरेको दुष्प्रचारको घोर भत्सर्ना गरेको छ ।

संगठनले प्रेस विज्ञप्ति जारी गर्दै नेपालको राष्ट्रिय सुरक्षाको लागि लड्न र प्रतिकार गर्न संगठन सधैं तयार रहेको र सरकारलाई भारतीयको दबाबमा नझुक्न आग्रह गरेको छ । 

संगठनले भारतीय अतिक्रमण विरुद्ध राष्ट्रियताको पक्षमा लड्न सदा सर्वदा सम्पुर्ण राष्ट्रवादी युवाहरू तत्पर रहेको समेत बताएको छ ।

संगठनले संकटको बेला स्वास्थ्य समाग्री खरिदमा भएको ढिलासुस्ती, अक्षम्य आर्थिक अनियमितता र चलखेलले जनताप्रति सरकार विश्वास गुमेको ठहर गरेको छ ।

राप्रपा युवा संगठनले भाइरसको संक्रमणबाट हुन सक्ने महामारीको क्षतिलाई रोक्न स्वास्थ्य संस्थामा आवश्यक PPE (Personal Protective Equipment), Test Kit, Oxygen Generating Apparatus र Ventilatorको पनि पर्याप्त रूपमा प्रबन्ध गर्न र सरकारले पर्याप्त मात्रमा देशैभरि quarantine, Isolation Ward विश्व स्वास्थ्य संगठन (WHO) को मापदण्डअनुसार तयार गर्न समेत भनेको छ । 

त्यस्तै संगठनले सरकारले संसदिय विकास कोष, मन्त्री तथा उच्च पदस्थ व्यक्तिहरुको सुविधा कटौती गरि राहत कोष वृद्धि गर्न र आवश्यकता अनुसार जनतालाई राहत वितरण गर्न समेत संगठन माग गरेको छ ।

संगठनले नेपाल सरकारले भारतद्वारा विगत ६ दशकदेखि अतिक्रमण गरेको नेपालको लिम्पियाधुरा, लिपुलेक र कालापानी भुभागलाई समेटेर नयाँ राजनीति र प्रशासनिक नक्सा जारी गरेकोप्रति यस संगठन स्वागत समेत गरेको छ ।