१३ असार २०८३, शनिबार
,
Latest
नेपाललाई विश्व वित्तीय प्रणालीसँग जोड्ने क्रस रिभर बैंकको अभियान ५ वर्ष नाघेका मुद्दा शुन्यमा झार्ने लक्ष्यमा जेन–जी आन्दोलनले अवरोध गर्‍योः न्यायाधीश महेश शर्मा पौडेल हप्तामा पाँच कार्यदिन कायम हुँदा मुद्दा व्यवस्थापनमा चुनौतीः न्यायाधीश श्रीकान्त पौडेल सुशासनका लागि खबरदारी गर्न ‘पारदर्शी समाज’ गठन अमेरिकी शैलीमा विश्वकपको उत्सव मनाउँदै समर्थक माईतीघरमा दृष्टिबिहीनहरूको धर्ना छैटौं दिनमा जारीः सरकारको ध्यानाकर्षण नभएको गुनासो नवप्रवर्तन र दिगो औद्योगिक विकासमार्फत साना तथा मझौला उद्यमलाई सशक्त बनाउन आह्वान न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम नकआउट चरणमा सैद्धान्तिक विरोधाभासको ‘चक्रव्यूह’मा रास्वपा काठमाडौँमा बर्डफ्लु बढ्दैः एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओलीजस्तो खट्ने, सपना देख्ने र सक्रिय रहने नेता नेपालमा छैन: सचिव भट्ट



अ+ अ-

धनगढी । नेकपा एमालेका सचिव लेखराज भट्टले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वलाई देवत्वकरण होइन, वर्तमान राजनीतिक परिस्थितिको आवश्यकता भएको बताएका छन् ।

भट्टका अनुसार ओलीलाई चाँडै बुझ्न कठिन भए पनि उनले चालेका कदमको अर्थ पछि मात्र स्पष्ट हुने अद्भुत क्षमता छ । ‘ओलीलाई समर्थन गर्नु अहिलेको वस्तुस्थिति हो, व्यक्तिपूजाबाट प्रेरित होइन,’ भट्टले भने ।

नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश इन्चार्ज समेत रहनु भएका भट्टका अनुसार एमाले हाल वैचारिक र सैद्धान्तिक रूपमा मुलुकको कम्युनिष्ट आन्दोलनको केन्द्र हो र यो सम्भव बनाउने नेतृत्व ओलीकै हातमा छ । ‘राष्ट्रियताका लागि अहिलेको नेतृत्व केपी ओली हो र हुनुहुन्छ। शक्ति, संगठन र समर्थनमा एमाले एक नम्बर पार्टी हो,’ उनले दाबी गरे ।

‘एमालेभित्र केही आन्तरिक समस्या रहेको स्वीकार गर्दै भट्टले सुधारका लागि पार्टीले आत्मसुधारमा ध्यान दिनुपर्ने छ । ओलीजस्तो खट्ने, सपना देख्ने र सक्रिय रहने नेता नेपालमा छैन,’ राष्ट्रपति संस्थाको गरिमा जोगाउने प्रतिबद्धता व्यक्त गर्दै उनले थपे, ‘राष्ट्रपतिलाई सम्मानित भएर बस्न हामीले भइसकेका छौँ। गणतन्त्रको गरिमा र गौरवका रूपमा हामीले सम्मान गर्ने निर्णय गरिसकेका छौँ।’

प्रेस चौतारी नेपाल सुदूरपश्चिम प्रदेश कमिटीको प्रशिक्षण कार्यक्रममा बोल्दै इन्चार्ज भट्टले बैठकमा समर्थन बाहिर बिरोध गर्ने कुराले अर्थ नरहने बताए । प्रशिक्षण तथा बैठक कंचनपुरको महेन्द्र नगरमा आयोजना गरिएको हो ।

पार्टी स्थायी कमिटी सदस्य भानभक्त ढकाल, चौतारीका केन्द्रीय अध्यक्ष गणेश पाण्डे, एमाले पोलिटब्यूरो सदस्य निरुदेवी पाल, प्रदेश अध्यक्ष कृष्णप्रसाद जैशी, चौतारीका उपाध्यक्ष चेतन अधिकारी, महासचिव हिरामान लामा सहित सहभागि रहेको प्रदेश अध्यक्ष नरेन्द्र कार्कीले जानकारी दिए ।