२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

थप ९ जनामा कोरोना पुष्टि, संक्रमित ५१६ पुगे



अ+ अ-

काठमाडौं । शुक्रबार साँझ थप ९ जनामा कोरोना पुष्टि भएको सूचना स्वास्थ्य मन्त्रालयले दिएको छ । योसँगै अब नेपालमा कोरोना संक्रमितको संख्या ५ सय १६ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार शुक्रबार साँझ ९ जनामा कोरोना पुष्टि भएसँगै यो संख्या बढेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले बेलुकी८ १५ बजे दिएको अध्यावधिक जानकारी अनुसार मकवानपुरमा १ जना महिला, भक्तपुरमा ४२ वर्षिया १ जना महिला, सप्तरीका ३५ वर्षिया पुरुष र बाराका ६ जना पुरुष रहेका छन् । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।