२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालका ४० जिल्लामा फैलियो कोरोना संक्रमण, कुन जिल्लामा कति संक्रमित ?



अ+ अ-

काठमाडौं । नेपालका सातै वटा प्रदेशमा कोरोना संक्रमणको प्रकोप फैलिएको छ । ४ महिनाको अवधिमा नेपालका ४० वटा जिल्लामा कोरोना संक्रमण फैलिएको हो ।   

शनिवार थपिएका ३२ जना संक्रमित सहित कुल संक्रमितको संख्या ५४८ जनामा कोरोना संक्रमण देखिएको छ भने ३ जनाले ज्यान गुमाउनुका साथै ७० जना स्वास्थ्योपचार पछि निको भएका छन् ।  

यी हुन् नेपालमा अहिलेसम्म कोरोना संक्रमित भेटिएका ४० जिल्लाहरूको विवरणः

बाँके ११५, पर्सा ९१, रुपन्देही ३७, उदयपुर ३३, कपिलवस्तु ७७, काठमाडौं १३, धादिङ २, कैलाली ७, बारा ११, धनुषा ९,रौतहट २२, वाग्लुङ २, चितवन ६, झापा ३५, महोत्तरी ३,भक्तपुर ४, बर्दिया २, भोजपुर १, कञ्चनपुर १, नवलपरासी (पश्चिम) ६, सप्तरी २, सर्लाही ३२, नवलपरासी (पूर्व) २, मकवानपुर ३, दाङ ५, काभ्रे १, सिरहा १, सिन्धुपाल्चोक १, मोरङ ५, धनकुटा ७, गुल्मी १, खोटाङ १, दैलेख १, सुनसरी ३, ललितपुर १, लमजुङ १, रामेछाप १, सिन्धुली १, डडेलधुरा १, बैतडी १